सरकारले आज शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण असामान्य बन्दै गएको बजारलाई सहज बनाउन सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
काठमाडौं उपत्यकाका सतुंगल, कालिमाटी, कोटेश्वर, बनेपा र भक्तपुरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । यस्ता पसलमार्फत चामल, दाल, नुन, चिनी, ग्यास र इन्डक्सन चुल्हो बिक्री गर्ने सरकारको योजना छ। देशभरकै जिल्लामा अहिले भइरहेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रणमा ल्याउन सरकाररे यस्तो कदम चालेको हो ।