
सम्पूर्ण विश्व नै त्रषित हुनेगरी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले नेपाललाई समेत असर गरी रहेको कुरामा दुइमत छैन । अझ बढी असर असर नहोस भनि नेपाल सरकारले सात दिनको लकडाउन गरी आ–आफ्नो घरमा सुरक्षित रहन भनि रहेको छ । त्यहि अनुरुप आज ४औं दिन हो । नेपाल सरकारले मात्र सम्पुर्ण नेपालीहरुलाई सहयोग गर्न सम्भव छैन ।
त्यसैले सबै सघंसस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्नुपर्ने देखिन्छ र यहि अवधारणाको अन्तर्गत सन्राइज बैंकले समाजिक उत्तरदायित्व वहन गरी कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण ६५ थान सहयोग गरेको छ । यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आ.जि.पि ठाकुर प्रसाद ज्ञावालीलाई व्यक्तिगत सुरक्षात्मक उपकर हस्तान्तरण गनुभएको छ ।
बैंकले आगामी दिनमा पनि देशका विभिन्न समाजिक कार्यमा हातेमालो गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिनुभयो । उक्त कार्यक्रममा आ.जि.पि ठाकुर प्रसाद ज्ञावालीले यस्तो कार्यले हस्पिटललाई ठुलो राहत भएको जानकारी दिनुभयो र बैंकको उत्तोउत्तर प्रगतिको कामना गर्नुभयो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































