जोडिनुहोस
सोमवार, जेष्ठ ७, २०८१
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • कृषि विकास बैंकका सीइओ अनिल उपाध्याय सम्मानित

कृषि विकास बैंकका सीइओ अनिल उपाध्याय सम्मानित

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय सम्मानित भएका छन्। बैंक तथा वित्तीय क्षेत्र मार्फत नेपालको अर्थतन्त्रलाई समृद्धतर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेकाले उपाध्याय सम्मानित भएका हुन्।

३३ बर्षसम्म निरन्तर रुपमा बैङ्किङ् क्षेत्रमा रहेर नेपालको अर्थतन्त्रमा अमुल्य योगदान दिएको भन्दै उपाध्यायलाई ए.एम.एस म्यजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले ‘बैंक तथा  वित्तीय विशेषज्ञ सम्मान २०७९’ बाट सम्मान गरेको हो।

बैंकिंग क्षेत्रमा लागेर देशको अर्थतन्त्रलाई पुर्याएको योगदानमा थप उर्जा मिलोस र अझ उर्जाशील भएर काम गर्ने प्रेरणा मिलोस भन्ने उदेश्यले उपाध्यायलाई सम्मान गरेको ए.एम.एस म्यजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले जनाएको छ। यस अघि क्याप्टेन विजय लामाले यो सम्मान पाएका थिए।

कमर्सियल बैंकहरुको सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत रहेका उपाध्याय पछिल्लो ३३ बर्षदेखि बैङ्किङ् कर्ममा रहेका छन्। १५ बर्षसम्म ब्रान्च मेनेजर तथा १५ बर्ष क्रेडिट एण्ड अपरेटर को अनुभव तथा जिम्मेवारी सम्हाल्दै उपाध्याय अहिले सीइओं जस्तो महत्त्वपूर्ण जिम्मेवारीमा आइपुगेका हुन्।

अहिले उनको कार्यकालमा कृषि विकास बैंकले आफ्नो कुल कर्जाको झन्डै ३० प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको छ भने कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउन सक्नेगरि किसान क्रेडिट कार्ड र कृषि एप्स पनि संचालनमा आएको छ।

त्यस्तै आइएफएएडी संगको सहकार्यमा अहिले कृषि विकास बैंकले दिर्घकालिन प्रकृतिको कर्जा लिएर कृषि क्षेत्रमा लगानी गरिरहेको छ भने बैंकले कृषि बोन्ड समेत जारी गरेको छ।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका