जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लकडाउनमा उद्योग नै बन्द छ, यस्तो बेलामा आयकर छुटको स्कीमले राहात महसुस गराउन सक्दैन ?

समाचार

लकडाउनमा उद्योग नै बन्द छ, यस्तो बेलामा आयकर छुटको स्कीमले राहात महसुस गराउन सक्दैन ?

भवानी राणा, अध्यक्ष , नेपाल उद्योग वाणिज्य महासंघ

लकडाउनमा उद्योग नै बन्द छ, यस्तो बेलामा आयकर छुटको स्कीमले राहात महसुस गराउन सक्दैन ?

सरकारले प्रस्तुत गरेको बजेट मिश्रित रहेको भन्दै कोभिड १९ भाइरस र त्यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न धेरै हदसम्म सफल भएको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बजेटको विषयमा प्रतिक्रिया दिंदै कोरोना भाइरसको प्रकोपबाट प्रताडित निजी क्षेत्रका लागि राम्रा राहात प्याकेज आएको बताइन् ।
‘हामीले जीडीपीको ५ प्रतिशतसम्म राहात तथा सहुलियतका प्याकेज आउनुपर्छ भनेका थियौं, सरकारले विभिन्न शीर्षकमा दिएको छुट तथा सहुलियतको हिसाब गर्दा यो माग लगभग सम्बोधन भएको देखिएको छ ।’ उनले भनिन्–‘बजेटको आकार सानो भए पनि कोभिड १९ लाई प्राथमिकता दिएर ल्याइएको छ ।’

उनले बजेटले स्वास्थ्य, कृषि, पर्यटन र वित्तीय क्षेत्रलाई समेत यथेष्ट सम्बोधन गरेको उल्लेख गर्दै बजेटका आधारमा बन्ने मौद्रिक नीति तथा कार्यान्वयनको स्थिति सवल हुनुपर्नेमा जोड दिइन् ।

आफूहरुले माग गरेअनुसार लकडाउन अवधिमा उद्योगीले बुझाउनुपर्ने विद्युतको डिमाण्ड शुल्क छुटको राहात आएकोमा उनले खुशी व्यक्त गरिन् । तर, विद्युत महसुलमा आफूहरुले मागेको थप छुटको विषय भने सम्बोधन नभएको राणा को भनाई छ ।
उनका अनुसार महासंघले सरकारसमक्ष प्रस्तुत गरेको कर तथा राजश्व छुटका अधिकांश विषय भने बजेटले सम्बोधन गर्न सकेन । लघु, साना तथा मझौला उद्योगीलाई आयकरमा छुट दिने भनिएको छ । ‘लकडाउनमा उद्योग नै बन्द छ, यस्तो बेलामा आयकर छुटको स्कीमले खासै राहात महसुस गराउन सक्दैन राणा ले थपिन् ।

9160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?