जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सानिमा बैंकको अपांगतामैत्री वेबसाइट

सानिमा बैंकको अपांगतामैत्री वेबसाइट

सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा पहिलोपटक अपांगता मैत्री वेबसाइटको संचालनमा ल्याएको छ। यो वेबसाइट राम्रोसँग देख्न नसक्ने र श्रवणशक्ति कम भएका तथा कम्प्युटर प्रयोग गर्न कठिन हुने व्यक्तिलाई उपयोगी हुने बैंकको दाबी छ।
अपांगता भएका व्यक्तिहरुलाई पनि यो वेबसाइटको प्रयोगले सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने बैंकको विश्वास छ। अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाइनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ पहुँच पुर्याउने प्रयास गरेको सानिमाले जनाएको छ।सुविधा प्रयोग गर्नकालागि बैंकको वेबसाइट https://www.sanimabank.com/ मा गएर दायाँ कुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा सुविधा अनुसारको अप्सन बटनमा क्लिक गरी प्रयोग गर्न सकिने बैंकले जनाएको छ। यो सेवा अहिले अंग्रेजीमा मात्रै छ।

7910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका