

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सेवा र सुबिधालाई मध्यनजर गर्दै क्यूआर कोड स्क्यान गरी नगद निकाल्न मिल्ने योजना सार्वजनिक गरेको छ । यस सुबिधा अन्र्तगत ग्राहक महानुभावहरुले आफुले चाहेको रकम आफनो आवश्यकता अनुुुसार क्यूआर कोड स्क्यान गरि भुक्तानी लिन सक्नुहुनेछ । यो सुबिधा अन्र्तगत अधिकतम १ लाखसम्म निकाल्न सकिने छ । हाल सांग्रिला डेभलपमेन्ट बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिनेछ । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।