जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • टिभिएसको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा

टिभिएसको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा

नेपालमा टिभिएस टु ह्वीलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३, स्थुलि, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल  तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टिभिएसका प्रतिनिधिहरु बीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।

टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘टिभिएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ। टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छ।’

7420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका