जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डिशहोमको द स्ट्रिङ्स शोको पहिलो राउण्ड सम्पन्न

डिशहोमको द स्ट्रिङ्स शोको पहिलो राउण्ड सम्पन्न

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङ्लिस सांगीतिक प्रतियोगिता त्जभ क्तचष्लनक को पहिलो राउण्ड सम्पन्न भएको छ ।

पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागीता जनाएकाम थिए ।

तीन राउण्डमा संचालन हुने सो सांगीतिक प्रतियोगीतामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेको छ । साथै, छिटै सम्पुर्ण सहभागीहरु मध्य बाट १० जना छनौट गरिने जनाइएको छ ।

प्रतियोगिताको निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला छन् । सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट हुनेछन् दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ तेस्रो चरणमा प्रवेश गर्नका लागी र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ ।
विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।

9460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका