जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एशियन लाइफको खुद बीमाशुल्क करिब ६४ प्रतिशतले बढ्यो

एशियन लाइफको खुद बीमाशुल्क करिब ६४ प्रतिशतले बढ्यो

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तलुनामा ६३.८५ प्रतिशत अर्थात ५६ करोड ७४ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८८ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ४४ करोड ८२ लाख रुपैयाँ, बीमालेखको धितो कर्जाबाट ६ करोड १८ लाख र अन्य प्रत्यक्षबाट एक करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ।

यसैगरी, कम्पनीको खुद नाफा पनि ५ करोड ३८ लाख रुपैयाँले बढेर ९ करोड ४० लाख पुगेको छ। खर्च नियन्त्रण गर्दै आम्दानी बढाउन सफल भएका कारण इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको खुद नाफा बीमांकिय मूल्यांकन अघिको हो। बीमांकिय मूल्यांकन पछि कम्पनीको नाफामा केहि परिवर्तन हुन सक्नेछ।

चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड १७ लाख रुपैयाँ, जीवन बीमा कोषमा २३ अर्ब ६ करोड ४ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ७ करोड ६ लाख रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले एक अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने हालसम्ममा २६ अर्ब २८ कारेड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या ३ लाख ८५७ वटा छन्।

इन्स्योरेन्सले सो अवधिमा ७ हजार २९७ कुल दाबी बापत १ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ भने ९० दाबी बापतको २ करोड ५२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैयाँ ७१ पैसा, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ३८ गुणा रहेको छ।

7205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका