जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई लघुवित्तको नाफा ७ करोडभन्दा बढी

ग्लोबल आइएमई लघुवित्तको नाफा ७ करोडभन्दा बढी

गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तको जगेडा कोष रकम २८३ प्रतिशतले बढेको छ । कम्पनीले बिहीवार उक्त अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष ४ करोड २२ लाख ६६ हजार रुपैयाँ रहेको जगेडा कोष रकम गत वर्ष १६ करोड २० लाख ७४ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीले गत चौथो त्रैमाससम्म  ७ करोड ७९ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्ष सोहि अवधिसम्म  ६ करोड ८१ लाख ८७ हजार रुपैयाँ रहेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी खुद नाफा गरेको हो । सञ्चालन नाफा भने अघिल्लो वर्षभन्दा साढे २० प्रतिशत बढी  १२ करोड ३७ लाख ११ हजार रुपैयाँ भएको छ ।

सम्भावित जोखिम शिर्षकमा कम्पनीले अघिल्लो वर्षभन्दा २२८ प्रतिशत बढी रकम छुट्याएको छ । अघिल्लो वर्ष यस शिर्षकमा  २ करोड ४९ लाख २० हजार रुपैयाँ छ्ट्याएको कम्पनीले गत वर्ष  ८ करोड १८ लाख ९५ हजार रुपैयाँ छुट्याएको हो ।

हाल कम्पनीको चुक्तापूँजी  २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत वर्ष चौथो त्रैमाससम्म कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट  २ अर्ब ५७ करोड १२ लाख ५३ हजार रुपैयाँ कर्जा सापटी लिएर  ३ अर्ब ६२ करोड ४१ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ७३ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । निष्क्रिय कर्जा १ दशमलव ९४ प्रतिशत रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी ३० दशमलव शून्य ३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १५५ दशमलव ५४ रुपैयाँ रहेको छ ।

6740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका