जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेकाे इन्स्योरेन्सको नयाँ प्रडक्ट, कृषि ‍बीमाको अभियान सञ्चालन

नेकाे इन्स्योरेन्सको नयाँ प्रडक्ट, कृषि ‍बीमाको अभियान सञ्चालन

नेकाे इन्स्योरेन्स कम्पनीले नयाँ प्रडक्ट सार्वजनिक गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि नयाँ प्रडक्ट सार्वजनिक गरेको हो।

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले नयाँ प्रडक्ट सार्वजनिक गरेका हुन्। नेकाेकाे अभियान कृषिमा अभियान भन्ने नयाँ प्रडक्ट सार्वजनिक भएको छ।

बीमा क्षेत्रमा कृषिकाे पाेर्टफाेलियोलाई प्राथमिकता दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले बताए। उनले प्रत्येक किसानकाे घर घरमा पुग्ने माौका पाएकाे बताए।

उनले सरकारले दिएको ८० प्रतिशत कृषि अनुदान बिभिन्न जिल्लामा प्रयोगमा नआएको हुनाले नेकाेले याे कार्यक्रम ल्याएको जानकारी दिए।

पछिल्लो समय कृषि बस्तुको आयात बढ्दाे छ। यसले गर्दा किसानलाई कृषि बीमामा आवद्ध गराउने अभियान ल्याएको उनले बताए।

‘यस कार्यक्रमलाई लागु गर्न कर्मचारी अपुग भएको जिल्लामा त्यसको पनि व्यवस्था गर्ने बताए। ‘जुन वर्गमा जानुपर्ने त्यासम्म नपुगेकाे बीमा समितिका निर्देशक शुसिलदेव सुवेदीले बताए। उनले बीमा कम्पनीले अरु खर्चभन्दा कृषिमा जनचेतना अभियान चलाउनु पर्ने बताए।

4575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?