जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नबिल बैंकद्वारा कोरोना भाइरस उपचार कोषमा ६ करोड सहयोग

नबिल बैंकद्वारा कोरोना भाइरस उपचार कोषमा ६ करोड सहयोग

नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण्ँ चौधरीको पनि उपस्थिति रहेको थियो ।
उक्त समारोहमा शाहले भने, “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आºना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।”

4475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका