जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्रबैंक सकारात्मक भए सिटिजन्स बैंकले ९% लाभांश बाँड्नसक्ने

राष्ट्रबैंक सकारात्मक भए सिटिजन्स बैंकले ९% लाभांश बाँड्नसक्ने

राष्ट्रबैंक सकारात्मक र लचिलो बने सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले गत वर्षकै हाराहारीमा लाभांश बाँड्नसक्ने सम्भावना देखिएको छ । यो बैंकले गत आर्थिक वर्षको वासलातलाई अन्तिम रुप दिएर राष्ट्रबैंकमा पेश गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रबैंककै निर्देशन र नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गरी तयार हुँदै गरेको वासलात सम्भवतः अर्को सातासम्म केन्द्रीय बैंकमा पेश हुनेछ । बैंक स्रोतका अनुसार यदि केन्द्रीय बैंकका अधिकारी केही लचिलो बनिदिए भने सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफा तथा रिजर्भबाट समेत गरी ९ प्रतिशत हाराहारीमा लाभांश बाँड्नसक्छ ।

बैंकको गत वर्षको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड हाराहारीमा रहेको छ । त्यसबाहेक २७ करोड ७७ लाख जति रकम क्यापिटल रिडम्पसन रिजर्भको रुपमा रहेको छ । यो भनेको बण्ड रिडम्पसन फण्ड हो, जसलाई बैंकले लाभांशको रुपमा वितरण गर्न पाउँछ । बैंकको चुक्तापूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा र फण्ड रिडम्पसनको रुपमा रिजर्भमा आएको २७ करोड ७७ लाख रकमलाई जोडेर हेर्ने हो भने यो बैंकको लाभांश क्षमता ९ प्रतिशत हाराहारी हुन आउँछ ।

बैंकले गत वर्ष पनि ९ प्रतिशत नै लाभांश वितरण गरेको थियो । केन्द्रीय बैंक सहज भइदिए यसपटक राम्रै लाभांश बाँड्ने बैंकका अधिकारीहरुको सोंच देखिएको छ । यदि बण्ड रिडम्पसनको रकम यसपटक बाँड्न दिइएन भने सिटिजन्स बैंकले ६ प्रतिशत हाराहारीमा मात्र लाभांश घोषणा गर्न सकने देखिन्छ । स्रोतका अनुसार ९ प्रतिशतसम्म लाभांश बाँड्न दिएको खण्डमा ७ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद हुनसक्छ । यदि लाभांशलाई ६ प्रतिशतमा सीमित गरिदिए सबै नगद मात्रै पनि हुनसक्छ । सिटिजन्स बैंक गत वर्ष अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको थियो । यसपटक चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक बने पनि लाभांश घोषणामा भने यो बैंक पछाडि परेको हो । राष्ट्रबैंकको सुपरीवेक्षण नियमित चलेका कारण र प्रभिजनको नयाँ व्यवस्थाअनुसार धेरै आन्तरिक व्यवस्थापन तथा तयारी गर्नुपर्दा समेत यसपटक लाभांश घोषणामा ढिलाई भएको बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

1410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?