जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बैंक र वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधनको प्रकृयामा रोकिदाः पूर्व सीइओहरुनै बैंक बोर्डको नेता बने !

बैंक र वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधनको प्रकृयामा रोकिदाः पूर्व सीइओहरुनै बैंक बोर्डको नेता बने !

नेपालका वाणिज्य, बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सञ्चालक समितिका अध्यक्षमा पूर्व सीइओहरुनै छन् । भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो ।

लामो समय बैंक र वित्तियसंस्थामा कार्यकारी भूमिकामा रहि काम गरेका तर, विविध कारणले पुन सोही पदमा रहि रहन नसकेका सिटिजन्स इन्टरनेशनल बैंकका पूर्व सीइओ राजन सिंह भण्डारी सोही बैंकको सञ्चालक समितिका अध्यक्ष छन् । मुक्तिनाथ विकास बैंकका तत्कालीन सीइओ भरत राज ढकाल पनि अहिले सोही बैंकको अध्यक्ष पदमा छन् ।

यता सिभिल बैंक लिमिटेडका पूर्व सीइओ किशोर मर्हजन अहिले प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडका अध्यक्ष छन् ।
बैंक तथा वित्तिय संस्थामा बैंकर व्यवसायीलाई छुट्याउने बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधनका लागि सदनमा अड्कीएर बसेको फाइदा लिँदै बैंक, बीमा र वित्तिय संस्थामा ७५ काटेका सयौ व्यक्ति सीइओ र सञ्चालक पदमा अझै आसीन छन् । प्राइम कर्मशियल बैंकका सीइओ नारायणदास मानन्धरले त सर्वोच्च अदालतबाट आदेश नै ल्याएर बैंकको सीइओ चलाएका छन् ।

 

पूराना र अनुभवी बैंकरले बैंक चलाउनु र सञ्चालक बन्नु राम्रो पक्ष होला । तर, युवा बैंकरहरुले मुख्य पद नपाउदै विदा हुनु चाहि दुखद पक्ष मान्नै पर्दछ । नेपालका दर्जनौ बैंकका सीइओहरुले तेस्रो कार्यकाल चलाउदा आफैले दिएका निर्देशन समेत उलंघन हुँदा समेत राष्ट्र बैंक बेखबर जस्तै बन्नुले के सन्देश दिन्छ ।

नेपाल राष्ट्र बैंकले २ कार्यकाल मात्रै बैंकको सीइओ बन्न पाउने निर्देशन नै जारी गरेको ६÷७ वर्ष नै भयो तर, अधिकाशं बैंक्हरुले बैंकको प्रबन्ध नियमावलीमा उक्त कुरा साधारण सभाबाट पास गरेर अझै राखेका छैनन् । केही मेगा बैंक, सिद्धार्थ बैंकले राखेपछि ती बैंकका सीइओद्वय अनिल केशरी शाह र सुरेन्द्र भण्डारीले बैंक छाडे ।तर, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक लगायत केही बैंकका सीइओ साबहरुले तेस्रो र पाँचौ कार्यकालका लागि पुन सीइओ बनेका छन् ।

शक्ति र पावरबाट राष्ट्र बैंकको निर्देशननै रद्दीको टोकरीमा फाल्ने हिमालयन बैंक र एनबी बैंक माथी नयाँ गर्भनर महाप्रसाद अधिकारीले चाहि कस्तो कारवाही गर्ने हुन् ।

त्यो हेर्न र लेख्न पाइन्छ कि पाइदैन भन्ने चासो बढेको छ । लगातार २ कार्याकाल ८ वर्ष भन्दा बढि एउटै व्यक्ति एउटै बैंकमा रहँदा बैंकको कर्पोरेट सुशासन कस्तो होला ? आर्थिक चलखेल कस्तो होला ? अरु सूचक कस्ता होलान ? अब हेरौ बैंकका सीइओबाट सञ्चालक पदमा आसिन अनुहार कस्ता छन् त ?

बैंक तथा वित्तीय संस्थामा बैंकर र व्यवसायीलाई छुट्याउन बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) संसोधनको प्रकृयामा रहँदै गर्दा व्यवस्थापनको नेतृत्व सम्हालेका पुर्व बैंकरहरु सञ्चालक समितिमा जोडिन पुगेका देखिन्छ ।
व्यवस्थापनमा रहेर सञ्चालक समितिमा समेत प्रतिनिधित्व गर्ने विगतको अभ्यासलाई कानुनी रुपमा निषेध गरिए पछि व्यवस्थापनबाट निबृत्त भइ सञ्चालक बन्ने क्रम बढेको देखिन्छ । बैैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले सञ्चालक समितिमा बसेको व्यक्तिलाई व्यवस्थापनमा समेत रहेर दोहोरो भुमिका निर्वाह गर्न नपाउने व्यवस्था गरेको थियो ।

सञ्चालक समितिले तर्जुमा गर्ने योजनाको कार्यान्वायन प्रमुख कार्यकारी अधिकृतहरुले गराउँछन । विगतमा आफैंले योजना बनाएर आफैं कार्यान्वायनमा सक्रिय हुने गरेकोमा अहिले भने कार्यान्वायन गराउने अभ्यासमा पोख्त भएर योजना तर्जुमा गर्ने स्थानमा बैंकरहरु आकर्षित हुन थालेका हुन् । कि भन्ने देखिन्छ ।सीइओले एउटा संस्थामा २ कार्यकालभन्दा बढी समय बिताउन नपाउने व्यवस्था छ । यो व्यवस्थासँगै सञ्चालक समितिको निर्देशन कार्यान्वायन गराउनेहरु अहिले आफैं व्यवस्थापनलाई निर्देशन दिने ठाउँमा पुगेपछि उनीहरुको बैंकमा चर्को हालीमुहाली मात्रै छैन । सीइओको अधिकारमै हस्तक्षेप रहेको एक बैंकका सीइओले पंक्तिकारलाई नाम नलेख्ने शर्तमा बताए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया)ले कार्यकारी र सञ्चालकको भुमिकामा बस्न बन्देज लगाए यता तीन जना पुर्व प्रमुख कार्यकारीहरु बैंक सञ्चालक समितिको अध्यक्ष बनेका देखिन्छ । कहाँ छ राष्ट्र बैंक, किन बोल्दैन ?
मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति अध्यक्षमा भरतराज ढकाल छन् । ढकाल यस अघि मुक्तिनाथ विकास बैंकमा लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको भुमिकामा थिए ।

यसभन्दा पहिले सिटिजन्स बैंकमा २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका राजनसिंह भण्डारी केही समयको बिश्राम पछि सोही बैंककै सञ्चालक समिति अध्यक्षका रुपमा फर्केका छन, भने सिभिल बैंकमा २ कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत भएका किशोर महर्जन सेवा निबृत्त भए ।

यसबाट सीइओहरुको अधिकार कति कटौती होला सहजै अनुमान गर्न सकिन्छ । तरपनि वाध्यता छ । जागिरको कुरा छ ती सीइओले पंक्तिकारसंग निशास हुँदै बताए । नेपाल इन्भेष्टमेण्ट बैंकको कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका पृथ्बीबहादुर पाँडे अहिले दोहोरो भुमिकामा नभई नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्ष मात्र छन् ।

बाफिया आकर्षित हुनु पहिले पाँडेले इन्भेष्टमेण्ट बैंकमा लामो समयसम्म कार्यकारी अध्यक्षको भुमिका निर्वाह गरेका थिए । ग्लोबल आइएमई बैंकको सञ्चालकमा राष्ट्रिय वाणिज्य बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा रहेका छन । भने लक्ष्मी बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सिटिजन्स बैंकको सञ्चालक बनेका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका एनएमबी बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल अहिले नबिल बैंकको सञ्चालक छन् ।

कुमारी बैंक तथा बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत भैसकेका राधेश पन्त लगानी बोर्डको समेत प्रमुख कार्यकारी अधिकृत बने । अहिले उनी बैंक अफ काठमाण्डूको सञ्चालक छन् । यसले के सन्देश दिन्छ भने आफ्नै हात जगन्ननाथ भन्ने उखानलाई यी माथिका पात्रबाट प्रष्ट हुन्छ कि हुँदैन ।

त्यो त नियमनकारी निकाय राष्ट्र बैंकलाई नै थाहा होला । बैंक र वित्तिय संस्थाको संशोधनको (वाफिया) थन्कीएसंगै जनताको ७० प्रतिशत पैसा रहेको बैंक र वित्तिय संस्थामा घुमाई फिराई रुम्जाटारकै नियम लागु हुनु चाहि राम्रो पक्ष मानिदैन । सचेत भया । आर्थिक बजार मासिकको आश्विन अंकबाट

17795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका