जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुटको व्यवस्था

सिटिजन्स बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुटको व्यवस्था

सिटिजन्स बैंक इन्टरनेसनल र बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डवाहक एवं कर्मचारीहरूले आगन्तुक रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् । 

बैंकले जारी गरेको विज्ञप्तिमा यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले जनाएको छ । त्यसै गरी हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको जानकारी बैंकले दिएको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टी.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाइहरूबाट करिब साढे १२ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरूको वित्तीय आवश्यकताहरू डिजिटल सेवा मार्फत प्रदान गरिरहेको छ । 

साथै, कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरूलाई सकेसम्म बैंकमा नआईकनै बैकिङ्ग सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूको थालनी गरेको जनाएको छ ।

4235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका