जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकको रेमिट्यान्स सेवा अब मोबाइल एपबाट

सिटिजन्स बैंकको रेमिट्यान्स सेवा अब मोबाइल एपबाट

सिटिजन्स बैंकको रेमिट्यान्स सेवा अब मोबाइल एपबाट
सिटिजन्स बैंक इन्टरनेसनलले सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । बैंकले ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा याे सुविधा पनि सुरु गरेकाे हाे ।

याेसँगै अब सिटिजन्स बैंकका ग्राहकहरुले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्नेछन् ।

यस सेवा प्रयोग गरी ग्राहकहरुले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२ हजारभन्दा बढि एजेन्ट/सब– एजेन्टबाट नगद प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

5880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका