जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कुमारी बैंकको सय गुणा सम्म रकम वृद्धि गर्ने धनबृद्धि रिकरिङ्ग निक्षेप योजना अब केहि दिन मात्र बाकी !

कुमारी बैंकको सय गुणा सम्म रकम वृद्धि गर्ने धनबृद्धि रिकरिङ्ग निक्षेप योजना अब केहि दिन मात्र बाकी !

आधा दर्जन विकास बैंक मर्जर गरेर बलियो बनेको कुमारी बैंक र एनसीसी बैंक बीच मर्जर हुने पक्का पक्की भएको छ । करिब २५ अर्ब भन्दा बढि चुक्ता पूजी र ३५० भन्दा बढि शाखा सञ्जाल भएको कुमारी बैंक बन्दैछ भन्दा अब फरक पर्दैन । कुमारी बैंकका ग्राहकहरुका लागि बैंकले १०० गुणा सम्मको रकम बृद्धि खाता सञ्चालनमा ल्याएको भेटिएको छ । कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र बाँकी रहेको छ । व्यक्तिगत पुंजि निर्माण गर्न रिकरिङ्ग निक्षेप सबै भन्दा राम्रो मुद्दती योजना रहेको बैंकले दाबी गरेको छ ।

कुमारी बैंक लिमिटेडले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एस आई पी अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो । नेपालीको बित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो बैंक रहेको छ । यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ देखि लागु हुने बैंकले जनाएको छ ।

सम्भवत, यस दशक कै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५,१०, १५, ५०,१०० गुणा ब्रिद्धि गर्ने मौका कुमारी बैंकको यस खाता ले प्रदान गर्दै आएको भेटिएको छ ।
ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि पच्चीस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

2675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका