सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७मुनाफाबाट शेयरधनीहरुलाई लाभांशदिने घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने भएको बैंकले जनाएको छ । सोमबार बसेको ३४५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृतितथा बैंकको आगामीवार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण गरिने बैंक जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।