slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • पूर्व सीइओ अजय पक्राउ बारे सिइओ पन्तको यस्तो छ अभिव्यक्ति

पूर्व सीइओ अजय पक्राउ बारे सिइओ पन्तको यस्तो छ अभिव्यक्ति

साढे चार करोड रुपैयाँ ऋण दूरुपयोय गरेको अभियोगमा प्रहरीले अजयसहित १९ जनालाई पक्राउ परेका बैंक अफ काठमाण्डूको पूर्व सीइओ अजय श्रेष्ठ सहित वहालवाला केही कर्मचारीहरुलाइ पक्राउ गर्यो । पक्राउ लगतै नेपाली बैकिङ क्षेत्रमा ठूलो भूँइचालो नै आयो । बर्तमान सिइओ शोभनदेव पन्त लगायत बैंकको आग्रहमा पक्राउ गरेपछि नेपाली बैंकिङ क्षेत्रमा ठूलो खैलाबैला मच्चिएको छ । सबै बैंकरहरुले आफ्नो विचारहरु राख्न बनाएको सिइओहरुको भाइबर ग्रुपु मा बैंक अफ काठमाण्डूका सीइओ सोहनदेव पन्तले अजय श्रेष्ठ पक्राउबारे भ्रामक बुझाईबाट मुद्दाको वास्तविकता तथा बैंकिङ क्षेत्रको वातावरण धमिल्याउने प्रयास भएको विचार व्यक्त गरेका छन् । नेपाल बैंकर्स एशोसिएसनले बिद्यमान बैंकिङ कसुर सम्बन्धी ऐनमा आवश्यक सुधारका लागि सामुहिक रुपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत उनले बताएका छन् ।

संघले मंगलबार बिहान डाकेको सुरु हुनुअघि उनले समाजिक सञ्जाल भाईबर अजयको पक्राउ वर्तमान ब्यवस्थपनको वदलाको भावले भएको भन्ने गलत बुझाइ भएको भन्दै ग्रुपमा सन्देश छाडेका हुन्।

उनले लेखेको सन्देश जस्ताको तस्तै

प्रिय मित्रहरु,
हाम्रा अति मिलनसार सहकर्मी तथा अन्य कर्मचारीहरुको पक्राउले उब्जाएको दुखद परिस्थितीमा हामीले के बिर्सनु हुँदैन भने संगठित आपराधिक समूहबिरुद्ध अनुसन्धान गर्न बैंक अफ काठमाण्डूले प्रहरीलाई गरेको अपिल एकदमै सान्दर्भिक तथा आवश्यक थियो। त्यस समूहले नक्कली लालपूर्जा, धितो सुरक्षणका कागजपत्र तथा अन्य नक्कली कागजातहरु तयार गरी बैंक अफ काठमाण्डू तथा अन्य बैंककहरुमा पनि गम्भीर जालसाझी गरेका थिए।

बैंक अफ काठमाण्डू सामु त्यस किसिमका बिभिन्न जालसाझीका केसहरु जानकारीमा आयो। धनगढी र अन्य क्षेत्रमा पनि उस्तै किसिमका घटनाक्रमहरु सतहमा आए। यस्ता प्रकारका बिषयहरुमा अनुसन्धान गर्न बैंकको क्षमताले मात्र नभ्याउने भएकाले हामीले यसबारेमा ऋणीबारे थप अनुसन्धान गर्न प्रहरीमा निवेदन गर्यौं।

तर हाल कस्तो अवस्था सिर्जन भइदियो भने बैंकका पूर्व सिइओप्रति बदलाको भावले प्रेरित भएर यस्तो आरोप लगाइएको भन्ने एक समूहको बुझाइ सार्वजनिक भएको छ।

यसलाई म बिल्कुल गलत, भ्रामक र अत्यन्तै काल्पनिक आरोप भएको स्पष्ट पार्न चाहन्छु। यस्तो भ्रामक बुझाईबाट मुद्दाको वास्तविकता तथा बैंकिङ क्षेत्रको वातावरण धमिल्याउने प्रयास भएको छ। नेपाल बैंकर्स एशोसिएसनले बिद्यमान बैंकिङ कसुर सम्बन्धी ऐनमा आवश्यक सुधारका लागि सामुहिक रुपमा अघि बढ्नुपर्ने आवश्यकता सिर्जना भएको छ।

मेरो व्यक्तिगत तर्फबाट तथा बैंक अफ काठमाण्डू सञ्चालक समितिको सदासयता अजयप्रति छ। तथापि हामीले संगठित अपराधका बिरुद्ध बैंक तथा यसका अधिकारीहरुको प्रयोगलाई दुरुत्साहन गर्नैपर्छ। हाल उत्पन्न परिस्थिती तथा कानुनी संरचनाका बीच हामीहरु लामो समयसम्म अनिश्चित दायित्व उठाउनुपर्ने अवस्थामा पुगेका छौं।

अनुसन्धान अधिकारीहरुबाट अनुमति पाएपछि म नेपाल बैंकर्स एशोसिएसन सामु जाहेरी पत्र उपलब्ध गराउनेछु। यसबाट बैंकर्स एशोसिएसनका सदस्यले घटनाको गाम्भीर्यता मनन गर्नेछन् भन्नेमा म विश्वस्त छु। बैंकिङ कसुर सम्बन्धी कानुन तथा अनुसन्धान निकायहरुको गलत बुझाईका कारण आज अजय जुन अवस्थामा छन् भोलि जो कोही हुन सक्छन्।

हाम्रो सम्पूर्ण सञ्चालक समिति सदस्यहरु प्रहरीमा गएर अजयको रिहाइका लागि अपिल गरेको थियो र यसकालागि बैंकले ग्यारेन्टी लिने समेत बताएको थियो। यसका साथै बैंकले यसबारे अजयलाई कस्टडी बाहिरबाट नै अनुसन्धान गर्न आग्रह गर्दै मन्त्रालयसम्म पनि पुगेको थियो। तर यसो हुन सकेन।

हाल उत्पन्न असहज परिस्थितीमा हामी सम्पूर्ण बैंकरहरुले कुन मनोबलले काम गर्नेरु यस्तो जोखिमपूर्ण परिस्थिती उत्पन्न भएको अवस्थाबाट हामी सबैले पाठ सिक्नुपर्ने देखिन्छ। यस्तो विषम परिस्थितीमा हामी देशभरका सम्पूर्ण बैंकिङ कर्मचारीको हितकालागि अघि बढौं। यसभन्दा अझ ठूलो जालसाझी तथा अझ धेरै रकमको घोटाला प्रकरण हुन नदिन र थप बैंकरहरु यस्तो परिबन्धमा नपरुन् भन्नाका लागि हामी सबैको सामुहिक प्रयास जरुरी छ।

16360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका