जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रभु समूह हेलिकोप्टर व्यवसायमा पनि एग्रेसिभ, चार वर्षमै पाँच हेलिकोप्टर पुर्‍यायो

प्रभु समूह हेलिकोप्टर व्यवसायमा पनि एग्रेसिभ, चार वर्षमै पाँच हेलिकोप्टर पुर्‍यायो

प्रभु हेलिकोप्टरले बजार विस्तारलाई एग्रेसिभ रुपमा अगाडि बढाउने भएको छ। बैंक तथा वित्तिय संस्थामा सफल रहेको प्रभु समूह अन्तर्गत रहेको यो कम्पनीले चार वर्षको अवधिमा पाँच वटा हेलिकोप्टरमार्फत उडान गरिरहेको छ।

चार वर्ष अघि मुक्तिनाथ एयरलाइन्सको हेलिकोप्टरको ५५ प्रतिशत सेयर खरीद गरेर प्रभु समूह उड्डयन क्षेत्रमा प्रवेश गरेको थियो।कम्पनीले सन् २०१६ देखि सन् २०२० सम्म थप पाँच वटा हेलिकोप्टर थपेको हो।

पोखरा वेस राखेर सेवा सुरु गरेको यो कम्पनीले एयरबसको लेटेस्ट फर्सनको हेलिकोप्टर ल्याएको छ। अब कम्पनीले यो हेलिकोप्टरमार्फत काठमाडौंबाटै समेत उडान गर्नेछ।

मुक्तिनाथ एयरलाइन्स खरिद गरेसँगै कम्पनीसँग त्यतिखेरै रोविनसन कम्पनीको चार सीट(तीनजना यात्रु र एक जना क्याप्टेन) क्षमताकको आर-४४ सिरीजको हेलिकोप्टर थियो। यो हेलिकोप्टरको सीट क्षमता चार र उचाई क्षमता आठ हजार मिटर मात्र रहेपछि कम्पनीले रोविनसनकै आर-६६ हेलिकोप्टर थप्दै क्षमता विस्तार गर्ने योजना बनायो।

क्षमता विस्तार गर्ने क्रममा कम्पनीले सन् २०१६ र सन् २०१७मा ब्याक टु ब्याक रोविनसनकै आर-६६ सिरीजको हेलिकोप्टर थपेको थियो। आर-४४ सिरीजको तुलनामा आर-६६को सिट क्षमता पाँच(चारजना यात्रु र एक जना क्याप्टेन) रहेको थियो भने उचाई क्षमता १२ हजार फिट रहेको थियो।

आर-४४ सिरीज अन्तर्गत साइड सिइङ र कम उचाई रहेका क्षेत्रमा चार्टर उडान र उद्धार उडान सेवा  दिँदै आएको कम्पनीलाई आर-६६ सिरीजको हेलिकोप्टर भएपछि आफ्नो सेवाको दायरा फराकिलो पार्न थप सहज भयो।

रेस्क्यु सँगै फिल्म सुटिङ, साइट सिइङ, तिर्थाटन, चार्टर लगायतको माग आएसँगै सन् २०१८मा कम्पनीले एकैपटक दुईवटा आर-६६ सिरीजको हेलिकोप्टर खरिद गरेको थियो। सन् २०१८ मा आइपुग्दा कम्पनीसँग जम्मा पाँचवटा हेलिकोप्टर अपरेशनमा आइसकेको थियो।

१२ हजार मिटर भन्दा माथीका उचाईमा चार्टर, रेस्क्यु, हेली टुर, तिर्थाटन लगायत सेवा दिनका लागि कम्पनीले उच्च क्षमताको हेलिकोप्टर खरिद गर्ने योजना बनायो। क्षमता विस्तार गर्ने क्रममा कम्पनीले पछिल्लो समय फ्रान्सको जहाज निर्माता कम्पनीले आविष्कार गरेको एयरबस हेलिकोप्टर ल्याइसकेको छ।

कम्पनीले एयरबस एच १२५ अर्थात एएस ३५० बिथ्रिइ हेलिकोप्टर ल्याएको थियो। गत चैतमै हेलिकोप्टर ल्याएपनि कोभिड-१९का कारण तत्काल उडान प्रक्रिया सुरु गर्न सकेको थिएन। गत असोजको अन्तिम साता नागरिक उड्डयन प्राधिकरणबाट कम्पनीले नयाँ हेलिकोप्टर उडान अनुमति पाइसकेको छ।

एयरबसको यो सिरीजको हेलिकोप्टरमा संसारभर २३  हजार फीट उचाईसम्म उडान गर्न सक्ने क्षमता रहेको छ।

पछिल्लो समय कोभिड-१९का कारण सेवा विस्तारलाई मध्यनजर गर्दै तयार पारिएको योजना तत्कालका लागि स्थगित गरिएको कम्पनीका उपमहाप्रवन्धक नोवल कुमार राजलावटले बताए। सीट क्षमता उडान उचाई क्षमतालाई मध्यनजर गर्दै सेवा विस्तारका लागि एयरबसको एचवन टु फाइभ हेलिकोप्टर खरिद गरी संचालनमा ल्याइएको उनले जानकारी दिए।

यो हेलिकोप्टरको अधिकतम उडान उचाई क्षमता २३ हजार फिट रहेको छ भने यात्रु सीट क्षमता छ जना(पाँच जना यात्रु र एक जना क्याप्टेन) रहेको छ।  ‘अब एयरबसको एचवन टु फाइभ मार्फत मुलुकको अधिकतम उचाई रहेको (सगरमाथा बेसक्याम्प, तिलिचो ताल) लगायत क्षेत्रमा उद्धार उडान, साइट सिइङ, फिल्म सुटिङ, तिर्थ यात्रा लगायतका सेवा सहज प्रवाह गर्न सक्नेछौँ।  कोभिड-१९को प्रभाव कहिल्यै अन्त्य हुन्छ भन्न सकिने अवस्था छैन। निकट भविष्यमा आउन सक्ने मागलाई मध्यनजर गर्दै थप हेलिकोप्टर थपेर सेवा विस्तार गर्ने योजनामा छौँ।’ उप-महाप्रवन्धक राजलावटले भने।

सेवा सुरु गरेको चार वर्षको अन्तरालमा हालसम्म कम्पनीमा हाल करिब ६५ जनाको रोजगारी रहेको छ। कम्पनीले पोखरामा आफ्नै ह्याङ्गर खडा गरेको छ।

4340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका