जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा, बोनस सेयर १६ प्रतिशत

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा, बोनस सेयर १६ प्रतिशत

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको संचालक समितिको पुस २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

त्यसमध्ये १६ प्रतिशत बोनस सेयर हो। चुक्ता पुँजीको १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने गरेको कम्पनीले जनाएको छ। बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार रुपैयाँ नगद लाभांश दिने कम्पनीको निर्णय छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका