जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ग्लोकल टीन हिरो नेपाल अन्तर्गत अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

वाईवाई ग्लोकल टिन हिरो २०२० का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो ।

हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२ २०२० मा अनलाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।

वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा पाल्पाका एकराज घिमिरे बातावरण विद्, रामेछापमा मन्दिरा श्रेष्ठ स्वास्थ्य अभिएन्ता, बिराटनगरका रीत काफ्ले शिक्षक, जनकपुरका सुभाश शर्मा कोडर, इलामका सुलव सुबेदी नवप्रबर्दक र विराटनगरका वैभव नाहटा रहेका छन् ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डियाबाट एकजना सम्मनित भएका छन् ।

वाईवाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । अब अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्म क्षमता विकास तालिम हुनेछ । एसएमएस भोटिंङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तरबार्ताको आधारमा यो बर्षको टिन हिरो छानिने छ ।

अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), रुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहेका छन् ।

8130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका