जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बीमा समितिले कारवाही गरेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआईसी (LIC) द्वारा फेरि नक्कली वित्तिय विवरणः लगानीकर्ता झुक्याएर शेयर बजारमा चर्को चलखेल ?

बीमा समितिले कारवाही गरेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआईसी (LIC) द्वारा फेरि नक्कली वित्तिय विवरणः लगानीकर्ता झुक्याएर शेयर बजारमा चर्को चलखेल ?

भारतीय बीमा कम्पनी एलआईसीको करिब ४० प्रतिशत प्रमोटर शेयर रहेको नेपालको बीमा कम्पनी लाईफ इन्स्यारेन्स कर्पोरेशन (नेपाल)ले नक्कली वित्तिय विवरण बनाउँदै ३६ प्रतिशत लाभाशं घोषणा गर्दै सोझा नेपालीहरुलाई झुक्याउदै दोस्रो बजारको शेयरमा चर्को चलखेल गरेको खुलेको छ ।

गतवर्ष नै बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितीले हिसाब किताब गडबड गरेको र अपरिपक्क वित्तिय विवरणमा नै लाभाशं घोषणा गरेको भेटेपछि कारवाही गरेको थियो । तर, बीमा समितिलाई नै चुनौती दिँदै नेपाली भूमिमा भारतीय कम्पनीको चर्को दादागिरी भएको भेटिएको छ । यसपटक समेत गोलमटोल हिसाब देखाउँदै लाभाशं घोषणा गरेको बीमा समितिको ठम्याई छ ।

यस बारेमा बीमा समिति उच्च स्रोतले पंक्तिकारलाई भन्योः– हामीले गत वर्ष नै एलआईसीको बदमासी फेला पारेपछि कारबाही ग¥यौ । यस पटक पनि यस्तै बदमासी गर्दै लाभाशं घोषणा गरेपछि चेतावनीको कारवाही ग¥यो र उसले अर्को लाभाशं फेरि घोषाण ग¥यो नि ।

सुन्दा पनि अचम्म लाग्ने काम विगत वर्ष देखि नियमनकारी निकाय बीमा समितिलाई चुनाती दिँदै गर्दै आएको एलआईसी (नेपाल)ले फेरि अर्को नक्कली काम गर्दै शेयर बजारमा चर्को चलखेल गरेको भेटिए पनि कारवाही अझै भएको छैन । अर्थमन्त्रीज्यू, के यो देशमा जे पनि गर्न छुट छ यसको उत्तर अब तपाईलेनै हामी जस्ता निरिह लगानीकर्तालाई दिने पो हो कि ?

नेपालमा बीमा बजार बढाएको तर, बदमासी सधै गरिरहेको लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका सीइओ एवं प्रबन्ध निर्देशकमा भारतीय नागरिक लक्ष्मी प्रसाद दास छन् भने अध्यक्षमा एम के कुमार भारतीय नागरिकनै छन् । उनीहरुलाई नेपाली कानुन लागेको देखिदैन । बीमा समिति के हेरि बसेको छ । यसको खोजी हामीले शुरु गरेका छौं ।

कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोडको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको यो लाभांश बीमा समितिले स्वीकृत गर्न बाँकी छ । कम्पनीले गत आर्थिक वर्ष ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ५ करोड ७९ लाख रुपैयाँ छ ।

गोलमटोल हिसाब देखाउँदै एलआईसी नेपालले गरेको पहिलो लाभाशं बीमा समितिले स्वीकृती नदिएपछि फेरि १२ प्रतिशतमा झारेर आफ्नै गल्ती देखाउँदै लगानीकर्ताहरुलाई निरास बनाएको मात्रै छैन । यस कम्पनी प्रति लगानीकर्ता आन्दोलननै गर्ने पक्षमा पुगेको भेटिएको छ ।

गतवर्ष हिसाबकिताब नमिलाई लाभांश घोषणा गरेपछि बीमा समितिको कारबाहीमा परेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले यसपाली फेरि लाभांश प्रस्ताव गरेर दोस्रो बजारमा चर्को शेयर चलखेल गरेको थियो भन्दा अब फरक पर्दैन ।

गत वर्ष १२ प्रतिशतभन्दा बढी दिन नमिल्ने अवस्थामा पनि कम्पनीले ३६ प्रतिशत लाभांश घोषणा गरेको थियो। यसले सेयर लगानीकर्ता ’मिस लिड’ भएका थिए। बीमा समितिले पनि कम्पनीलाई कारबाही गरेको थियो । भन्दा फरक पर्दैन ।

यसपाली कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोडको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको यो लाभांश बीमा समितिले स्वीकृत गर्न बाँकी छ । कम्पनीले गत आर्थिक वर्ष ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ५ करोड ७९ लाख रुपैयाँ छ ।

अघिल्लो वर्षको साउन २५ गते ३६ प्रतिशत बोनस सेयर घोषणा गरेको कम्पनीले एक्चुरी मूल्यांकनसहितको वित्तीय विवरणमा गल्ती गरेपछि बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो। समितिले आर्थिक वर्ष २०७३र७४ को पुनः लेखापरीक्षण गरेर आउन निर्देशन दिएपछि कम्पनीले सुरुमा घोषणा गरेको लाभांश रद्द गर्दै १२ प्रतिशतमा झारेको थियो । यसले प्रस्टै हुन्छ कि एलआईसी नेपालको दादागिरी नेपालमा कति चल्दछ भनेर अर्थमन्त्रीज्यू । हेक्का होस् ।

कम्पनीले यसपाली पनि लाभांश घोषणामा गडबडी (मिस लिड) गर्न खोजेको छ । कम्पनीले वासलात मितिमा कायम चुक्ता पुँजीको १४.१५ प्रतिशत लाभांश दिने र यसमध्ये १३.४४ प्रतिशत बोनस सेयर हुने भनेर गोलमटोल हिसाब देखाएको भेटिएको छ ।के उसलाई सबै कुरा गर्न छुट छ बीमा समिति अध्यक्षज्यू उसलाई नेपाली कानुन लाग्दैन ।

कम्पनीले सुरुमा एक्चुरीसहितको लेखापरीक्षण गर्ने क्रममा वैदेशिक रोजगार बीमा अन्तर्गतको दायित्वलाई सिधै नाफामा गणना गरेर लाभांश वितरण गर्न खोजेपछि उसको ठगी धन्दा फेला परेको हो । यसमा बीमा समितिले रोक लगाएको थियो।

वैदेशिक रोजगार बीमावापत आर्जन भएको बीमा शुल्कलाई सिधै नाफामा गणना गर्न नपाइने कानुनी प्रावधान छ हेक्का होस् । यस्तो बीमाले थप दायित्व सिर्जना गर्ने हुँदा प्रोभिजनिङ गर्नुपर्ने हुन्छ। बीमा समितिले तोकेको पुँजी जुटाउने नाममा नियम विपरीत लेखापरीक्षण गरेर लाभांश वितरण गर्न खोज्दा यसको असर दोस्रो शेयर बजारमा पनि परेको भेटिएको थियो । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

कम्पनीले यसपाली पनि लाभांश घोषणामा गडबडी (मिस लिड) गर्न खोजेको छ । कम्पनीले वासलात मितिमा कायम चुक्ता पुँजीको १४.१५ प्रतिशत लाभांश दिने र यसमध्ये १३.४४ प्रतिशत बोनस सेयर हुने भनेर गोलमटोल हिसाब देखाएको भेटिएको छ ।
के उसलाई सबै कुरा गर्न छुट छ बीमा समिति अध्यक्षज्यू उसलाई नेपाली कानुन लाग्दैन । यसको उत्तर बीमा समितिका अध्यक्षले दिने हो कि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ? सचेत भया ।

7105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका