जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • अडिट नगर्ने, लाभाशं नदिने, साधारण सभा नगर्ने अनि शेयर बजारमा चर्को चलखेल गर्ने राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत लाभाशं बीमा समितिद्वारा रोक्काः नालायक सीइओ अर्याल र अध्यक्ष, उपाध्यायलाई बर्खास्त गर्ने अर्थमन्त्री पौडेलको तयारी ?

अडिट नगर्ने, लाभाशं नदिने, साधारण सभा नगर्ने अनि शेयर बजारमा चर्को चलखेल गर्ने राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत लाभाशं बीमा समितिद्वारा रोक्काः नालायक सीइओ अर्याल र अध्यक्ष, उपाध्यायलाई बर्खास्त गर्ने अर्थमन्त्री पौडेलको तयारी ?

सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम नेपाल सरकारकै स्वामित्वमा सञ्चालन भएको एउटा बीमा कम्पनीले गरेको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।

बिगत लामो समयदेखि कम्पनीको अडिट नगर्ने, लाभाशं नदिने, साधारण सभा नगर्ने र सधैं लगानीकर्ता झुक्काउदै शेयरमा चलखेल गर्ने राष्ट्रिय बीमा कम्पनी माथी बीमा समितिले पटक÷पटक कारवाही गरेपनि सुध्रिएको देखिदैन ।

पूर्व अर्थमन्त्री डा.यूवराज खतिवडाले नियुक्त गरेका राष्ट्रिय बीमा कम्पनीका सीइओ डिल्लीराज अर्याल र अध्यक्ष उमेश चन्द्र उपाध्यायलाई नयाँ अर्थमन्त्री विष्णु प्रसाद पौड्लले हटाउने तयारी गरेको खुलेको छ ।

सीइओ अर्यालको नालबायकीपनकै कारण राष्ट्रिय बीमा कम्पनीले प्रस्ताब गरेको पूरानो २०६८÷०६९ सालको १२० प्रतिशत लाभाशं विवरण प्रस्ताव बीमा समितिले रोक्का गरेको खुलासा भएको छ ।

बिगत लामो समयदेखि कम्पनीको अडिट नगर्ने, लाभाशं नदिने, साधारण सभा नगर्ने र सधैं लगानीकर्ता झुक्काउदै शेयरमा चलखेल गर्ने राष्ट्रिय बीमा कम्पनी माथी बीमा समितिले पटक÷पटक कारवाही गरेपनि सुध्रिएको देखिदैन ।

राष्ट्रिय बीमा कम्पनीले स्थापना हुनु अघि आर्जित मुनाफाबाट १२० प्रतिशत लाभांश नयाँ कम्पनी स्थापना भएपछिका शेयरधनीहरुलाई वितरण गर्ने प्रस्तावलाई बीमा समितिले अस्वीकृत गरेको छ भन्दा फरक पर्दैन । आर्थिक वर्ष २०६८।६९ सालको वार्षिक प्रतिवेदनमा राष्ट्रिय कम्पनीले १२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको देखिन्छ ।

लगानीकर्ताहरुलाई १ रुपैयाँ पनि ५÷६ वर्ष देखि नदिने तर कम्पनीका सीइओले करोडौंको गाडी चढ्ने, लाखौं लाख तलब र हजारौं हजार भत्ता बुझ्ने यो कस्तो बीमा कम्पनी हो अर्थमन्त्रीज्यू हेक्का होस् ।

राष्ट्रिय बीमा कम्पनीले स्थापना हुनु अघि आर्जित मुनाफाबाट १२० प्रतिशत लाभांश नयाँ कम्पनी स्थापना भएपछिका शेयरधनीहरुलाई वितरण गर्ने प्रस्तावलाई बीमा समितिले अस्वीकृत गरेको छ भन्दा फरक पर्दैन । आर्थिक वर्ष २०६८।६९ सालको वार्षिक प्रतिवेदनमा राष्ट्रिय कम्पनीले १२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको देखिन्छ ।

सो प्रस्ताव बीमा समितिले अस्वीकार गरेपछि राष्ट्रिय बीमा कम्पनीले दोस्रो पटक प्रतिवेदन बीमा समितिमा पठाएको थियो । दोस्रो पटकको प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरेको जनाइएको छ । तर, दोस्रो प्रतिवेदनमा लाभांश वितरण रोक्का गरेको भेटिएको छ ।

राष्ट्रिय बीमा संस्थानमा हुँदा राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको मुनाफाबाट हाल कायम रहेका शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्ताव हटाएपछि उक्त वित्तीय प्रतिवेदन बीमा समितिले स्वीकृत गरेको र अब आर्थिक वर्ष २०६९।०७० को प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बीमा समितिले जनाएको छ ।

बीमा समिति उच्च स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीलाई बीमा समितिले नै १२० प्रतिशत लाभांश हटाएर प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि पुनः दोस्रो पटक आर्थिक प्रतिवेदन पेश गरिएको थियो । राष्ट्रिय बीमा संस्थानमा हुँदा राष्ट्रिय बीमा कम्पनीले आर्जन गरेको मुनाफाबाट हाल कायम रहेका शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिएको थियो । सो प्रस्ताव हटाएपछि उक्त वित्तीय प्रतिवेदन बीमा समितिले स्वीकृत गरेको र अब आर्थिक वर्ष २०६९।०७० को प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बीमा समितिले जनाएको छ ।

दुई आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको साधारणसभा हुने जनाइएको छ । बीमा संस्थानबाट छुट्टिएको राष्ट्रिय बीमा कम्पनीले बीमा संस्थानको साधारणसभा हुन नसकेका कारण कम्पनीको समेत साधारणसभा रोकिएको भन्दा फरक पर्दैन अर्थमन्त्रीज्यू ।

जनताको लगानी रहेको कम्पनीबाट तलब र भत्ता खाने राष्ट्रिय बीमा कम्पनीका नालायक सीइओ अर्यालले काम गर्न नसकेकै कारण कम्पनी एकपछि अर्को बीमा समितिको कारवाहीमा फस्दै आएको भेटिएको छ । नयाँ अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सीइओ अर्याल र अध्यक्ष उपाध्यायलाई तत्कालै हटाउने तयारी गरेको अर्थमन्त्रालय उच्च स्रोतको दाबी छ

राष्ट्रिय बीमा संस्थानमा हुँदा समेत छुट्टै कारोबार गर्दै आएको संस्थाले २०७१ सालमा नयाँ कम्पनीको रुपमा राष्ट्रिय बीमा कम्पनी स्थापना गरिएको हो । नेपाल सरकार, सरकारको स्वामित्व रहेका कम्पनीहरु, तथा सर्वसाधारण समुहको शेयर लगानी रहेको छ । कम्पनीको कूल चुक्ता पुँजि २६ करोड ६६ लाख २६ हजार ५०० रुपैयाँ रहेको छ । बीमा समितिले भने पुरानो कम्पनी भएको र धेरै वर्षअघिको मुनाफा विभिन्न कारणले एकिन हुन नसकेकाले वितरण गर्नुअघि कम्पनीको पछिल्लो आर्थिक विवरण समेतबाट प्रमाणित गर्नुपर्ने अडान राख्दै आएको देखिन्छ ।

जनताको लगानी रहेको कम्पनीबाट तलब र भत्ता खाने राष्ट्रिय बीमा कम्पनीका नालायक सीइओ अर्यालले काम गर्न नसकेकै कारण कम्पनी एकपछि अर्को बीमा समितिको कारवाहीमा फस्दै आएको भेटिएको छ । नयाँ अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सीइओ अर्याल र अध्यक्ष उपाध्यायलाई तत्कालै हटाउने तयारी गरेको अर्थमन्त्रालय उच्च स्रोतको दाबी छ ।

लगानीकर्ताहरुलाई प्रतिफल दिने दायित्व राष्ट्रिय बीमा कम्पनीका सीइओ अर्याल र सञ्चालक समितिका अध्यक्ष, उपाध्याय कै हो । तर, प्रकृया नै नपु¥याई वित्तिय विवरण र लाभाशं दिने निर्णयलाई कसरी लिने हो, अर्थमन्त्रीज्यू हेक्का होस् ।

13435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।