जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आयोनिक ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि एस्तो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षको लागि) हुन्डाई कोना र आयोनिक ५ खरिद गर्न सक्नेछन् ।  बैंकको ३०१ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध दाबी गरिएको छ ।

विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ कम्पनीले हुन्डाई कोना र आयोनिक ५ लक्षितगरी यो अफर ल्याएको हो । यी दुई गाडी नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन्

1235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका