जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • बीओकेको १० बर्ष अवधिको ऋणपत्र, ब्याज साढे ८ प्रतिशत

बीओकेको १० बर्ष अवधिको ऋणपत्र, ब्याज साढे ८ प्रतिशत

बैंक अफ काठमाण्डू (बीओके) ले  आजबाट १० वर्ष अवधिको ऋण पत्र निष्कासन गरेको छ। बैंकले जारी गरेको ऋणपत्र मंसिर २८ गतेसम्म खरीद गर्न पाइने छ। यो अवधिमा बिक्री नभए पुस ८ गतेसम्म निष्कासन गरिने छ।

प्रति कित्ता १००० रुपैयाँ दरका ऋणपत्रको ब्याज दर ८.५ प्रतिशत छ। न्यूनतम २५ र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ।

बैंकले एक अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो। यसमध्ये ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्येको ५ प्रतिशत अर्थात ३२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी ९६ करोड रुपैयाँ बराबरको ऋणपत्र विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई ‘प्राइभेट प्लेसमेन्ट’ मार्फत बिक्री गरिने छ।

6545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?