जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हिमालयन बैंकमा राणा शासनको फेरि उदय, सिभिल बैंकका ६ सय कर्मचारी एक तह घटुवा, तीन वर्ष बढुवा नहुने, सिइओ पोखरेल बैंकबाट बाहिरिदै, सिभिल बैंकका कर्मचारीहरुद्वारा शाखा नै बन्द गर्ने चेतावनी, किन बोल्दैनन् गर्भनर अधिकारी ?

हिमालयन बैंकमा राणा शासनको फेरि उदय, सिभिल बैंकका ६ सय कर्मचारी एक तह घटुवा, तीन वर्ष बढुवा नहुने, सिइओ पोखरेल बैंकबाट बाहिरिदै, सिभिल बैंकका कर्मचारीहरुद्वारा शाखा नै बन्द गर्ने चेतावनी, किन बोल्दैनन् गर्भनर अधिकारी ?

नेपालको सधैं विवाद र चर्चामा आएको हिमालयन बैंक भित्र फेरि राणा शासनको उदय भएको भेटिएको छ । सिभिल बैंकसंग मर्जरको अन्तिम स्वीकृती पाएको हिमालयन बैंकले अन्तिम समयमा आएर सिभिल बैंकका कर्मचारीहरुलाई राणा परिवारहरुका घरका काम गर्ने नोकर सरहको व्यवहार गरेको भेटिएको छ । भन्दा फरक पर्दैन गर्भनर महाप्रसाद अधिकारीज्यू हेक्का होस् । सिभिल बैंकका कर्मचारीहरुलाई एक तह घटुवा र तीन वर्ष बढुवा नहुने शर्त ते¥साउँदै जागिरबाट हटाउने हिमालयन बैंकले जुन खेल शुरु ग¥यो । के यो मर्जरको सुन्दर पक्ष हो गर्भनर साब ? यसले कस्तो सन्देश दिन्छ । यस तर्फ तत्कालै छानवीन जरुरी देखिन्छ । नत्र कर्मचारीको आन्दोलनले बिस्फोटकोरुपमा आउँने प्रस्टै देखिन्छ । अहिले सिभिल बैंकका कर्मचारीहरुले पेनडाउन मात्र गरेका छन् भने भोलीका दिनमा सम्पूर्ण कार्यालयमै ताला लगाउन पनि सक्दछन् । त्यसकारण राष्ट्र बैंकले कर्मचारी मिलान गर्न हिमालयन बैंक माथी तत्कालै निर्देशन दिन जरुरी देखिन्छ हेक्का होस् । मर्जरको अन्तिम स्वीकृती पाएर मर्जरमा जान लागेका सिभिल बैंक र हिमालयन बैंकबीच फेरि लफडा सुरु भएको छ । सिभिल बैंकका कर्मचारीको घटुवा हुने निश्चित भएपछि र सो केस मिलाउन नसके पछि सिभिल बैंकका सीइओ सुनिल पोखरेलले राजिनामा दिएसंगै मर्जरमा लफडा चर्किएको देखिन्छ । हिमालयन बैंकले सुरुवाती सहमतिविपरित कर्मचारीको घटुवा गर्ने भएपछि गत बुधबारबाट कर्मचारीले पेनडाउन गरेका छन् । पेनडाउनपछि सिभिल बैंकको काम केहि घण्टा ठप्प भएका छन् । मर्जरको सम्झौतापत्रमा समान हैसियतमा कर्मचारीको समायोजन गर्ने भनिएको थियो ।

‘सिभिल बैंकका कर्मचारीलाई एक तह घटुवा गर्ने र तीन बर्षसम्म बढुवा नगर्ने आन्तरिक सहमति छ ।’ हिमालयन बैंकको उच्च स्रोतले भन्यो, ‘ठुलो भाग पाइयो भनेर मर्जरमा आएको सिभिलका कर्मचारीहरुले अव सार्है गाह्रो दिन देख्ने वाला छन् ।’ यसो त तल्लो तहका कर्मचारीमात्र होइन, माथिल्लो तहका कर्मचारी पनि सिभिल बैंकबाट नलिने मनस्थितिमा हिमालयन बैंक रहेको बुझिएको छ । यहि तथ्य बुझेर ४ वर्षे कार्यकालका लागि १९ महिनाअघि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल पनि बैंकबाट बाहिरिने भएका छन् । उनले केहि दिनपछि बैंकबाट राजिनामा दिने स्रोतको दाबी छ । पोखरेल मुनिका केहि उच्च तहका कर्मचारी भने घटुवा भएर नै हिमालयन बैंक जान तयार भएका छन् ।

तर, अधिकृत भन्दा तल्लो दर्जाका सिभिल बैंकका सबै कर्मचारीको एक तह घटुवा हुने भएको छ । यसो गर्दा सिभिलका कुल ६ सय कर्मचारी घटुवामा पर्ने भएका छन् । अझ खास कुरा त के छ भने हिमालयन बैंकले सिभिल बैंकका घटुवामा परेका कर्मचारीहरुलाई तीन बर्षसम्म बढुवा नगर्ने आन्तरिक रणनीति बनाएको देखिन्छ । गर्भनर साब यो कस्तो मर्जर हो ? के हिमालयन बैंकलाई राष्ट्र बैंकको निर्देशन कहिले लाग्दैन ? ‘सिभिल बैंकका कर्मचारीलाई एक तह घटुवा गर्ने र तीन बर्षसम्म बढुवा नगर्ने आन्तरिक सहमति छ ।’ हिमालयन बैंकको उच्च स्रोतले भन्यो, ‘ठुलो भाग पाइयो भनेर मर्जरमा आएको सिभिलका कर्मचारीहरुले अव सार्है गाह्रो दिन देख्ने वाला छन् ।’ यसो त तल्लो तहका कर्मचारीमात्र होइन, माथिल्लो तहका कर्मचारी पनि सिभिल बैंकबाट नलिने मनस्थितिमा हिमालयन बैंक रहेको बुझिएको छ ।

यहि तथ्य बुझेर ४ वर्षे कार्यकालका लागि १९ महिनाअघि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल पनि बैंकबाट बाहिरिने भएका छन् । उनले केहि दिनपछि बैंकबाट राजिनामा दिने स्रोतको दाबी छ । पोखरेल मुनिका केहि उच्च तहका कर्मचारी भने घटुवा भएर नै हिमालयन बैंक जान तयार भएका छन् । जसमध्ये सिभिल बैंकका डेपुटी सीइओ सचिनजंग रायमाझी लगायतका कर्मचारी एक तह घटुवा भएर हिमालयन जान लागेको भेटिएको छ । फाल्गुन १० गतेबाट एकिकृत कारोबारको तयारी गरेको सिभिल बैंकका कर्मचारीहरुको दुखद समायोजन हुने पक्कापक्की भएपछि सिभिल बैंकका कर्मचारीले अन्यत्र जागिर खोज्न थालेका छन् भने यहि प्रकरणले मर्जर नै भाँडिने हो कि भन्ने खतरासमेत बढेको देखिन्छ । के हिमालयन बैंकलाई राष्ट्र बैंकले कारवाही गर्न सक्दैन । कारण के हो ? अशोक सम्शेर राणा विगत १२÷१५ वर्ष देखि सीइओ छन् । उनीलाई किन कुलिङ्क पिरियड लागु हुँदैन । गर्भनर साब । यसको मुल जड के हो ?

सिभिल बैंकका हजारौं कर्मचारीहरुले आफुमाथी अन्यथा भएको भन्दै समायोजनमा आपत्ती जनाउँदै उनीहरुले बैंकको देशभरका शाखामा बिहान १० बजेदेखि २ घण्टाका लागि पेन डाउन गरेको देखिन्छ गर्भनर साब । यसले वित्तिय बजारमा कस्तो सन्देश जान्छ । हेक्का होस् । ‘हिमालयन बैंकसँगको मर्जर प्रक्रियामा कर्मचारी समायोजनमा हाम्रो आपत्ति छ’, सिभिल बैंकका एक कर्मचारीले पंक्रिकारसँग भने, ‘एक तह घटुवा भएर त काम गर्न सकिँदैन । यसले कर्मचारीको मनोबल झनै घट्ने भयो ।

नेपाल राष्ट्र बैंकबाट मर्जर तथा एक्वीजिसनको अन्तिम स्वीकृति पाएको हिमालय बैंक र सिभिल बैंकबीचको मर्जरमा कर्मचारी एड्जस्टमेन्टमा समस्या देखिएको छ । यसैबीच कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंकका कर्मचारीहरु आन्दोलित बनेका छन् । सिभिल बैंकका हजारौं कर्मचारीहरुले आफुमाथी अन्यथा भएको भन्दै समायोजनमा आपत्ती जनाउँदै उनीहरुले बैंकको देशभरका शाखामा बिहान १० बजेदेखि २ घण्टाका लागि पेन डाउन गरेको देखिन्छ गर्भनर साब । यसले वित्तिय बजारमा कस्तो सन्देश जान्छ । हेक्का होस् । ‘हिमालयन बैंकसँगको मर्जर प्रक्रियामा कर्मचारी समायोजनमा हाम्रो आपत्ति छ’, सिभिल बैंकका एक कर्मचारीले पंक्रिकारसँग भने, ‘एक तह घटुवा भएर त काम गर्न सकिँदैन । यसले कर्मचारीको मनोबल झनै घट्ने भयो ।’ हाल कर्मचारी समायोजनका विषयमा व्यवस्थापनसँग छलफल भईरहेको बताउँदै ती कर्मचारीले मर्जरपछि सिभिल बैंकका कर्मचारीहरुको पद घटुवा गर्ने निर्णय मान्य नहुने यदि त्यस्तो भए सम्पुर्ण शाखा नै तालाबन्दी गरि काम ठप्प गर्ने हाम्रो योजना छ नि ।

सिभिल हिमालयनसँग विलय भएपछि ‘हिमालयन बैंक’को नामबाट एकीकृत कारोबार सुरु हुनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएसँगै दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् । हिमालयन बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बाहिरिने भएका छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ पोखरेल स्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने भएका हुन् ।यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति थियो ।

सिभिल बैंकमा सुपरभाइजर भन्ने तह भएको र हिमालयनमा सो तह नभएको उल्लेख गर्दै सिभिलका एक कर्मचारीले मर्जरपछि सिभिल बैंकको सुपरभाइजर तहका कर्मचारी सिनियर असिस्टेन्ट भएर जाने कुरामा आपत्ति भएको बताएका छन् । यसले यही बैंकमा काम गर्छु भन्ने कर्मचारीलाई खासै असर नगरे पनि अन्य बैंकमा अवसर आउँदा समस्या हुने कर्मचारीहरुकै दाबी छ । गर्भनर साब हेक्का होस् । १००ः८०.२८ सेयर अनुपातमा सिभिल बैंकलाई प्राप्ति गर्न लागेको हिमालयन बैंकले मर्जरका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति समेत पाईसकेको छ । सिभिल हिमालयनसँग विलय भएपछि ‘हिमालयन बैंक’को नामबाट एकीकृत कारोबार सुरु हुनेछ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएसँगै दुवै बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् । हिमालयन बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बाहिरिने भएका छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ पोखरेल स्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने भएका हुन् ।यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति थियो । पछिल्लो समय कर्मचारी समायोजनामा कुरा नमिलेपछि उनी भिआरएस सुविधामा बाहिरिने भएका हुन् । गर्भनर साब यही हो मर्जरको सुन्दर पक्ष ? यहि हिमालयन बंैक भित्रको बेथिति अन्त्य गर्न सकिदैन भने गर्भनर डिपुटी गर्भनरद्वयले राजिनामा दिए हुन्छ कि कसो ?

हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् । यसबाटै प्रस्ट देखिन्छ । फेरि हिमालयन बैंकले राणा शासनको सुरुवात फेरि गरेको छ भनेर । हाल सिभिल बैंकका सीईओ पोखरले मातृ शोकमा परेको कारणले पनि दुई बैंकबीच एकीकृत कारोबार सरेको हो । हिमालयन बैंकमा जाँदा एक तह घट्नु पर्ने भन्दै सिभिल बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए ।

सिभिल बैंक सञ्चालक समिति सदस्य अम्बिर बोगटीका अनुसार उनी भिआरएस सुविधामा बाहिरिने निर्णय पनि भइसकेको छ । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् । यसबाटै प्रस्ट देखिन्छ । फेरि हिमालयन बैंकले राणा शासनको सुरुवात फेरि गरेको छ भनेर । हाल सिभिल बैंकका सीईओ पोखरले मातृ शोकमा परेको कारणले पनि दुई बैंकबीच एकीकृत कारोबार सरेको हो ।

हिमालयन बैंकमा जाँदा एक तह घट्नु पर्ने भन्दै सिभिल बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए । ‘व्यवस्थापनबाट एक तह पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले दाबी गरे । सिभिल बैंकका सञ्चालक बोगटीले भने सिभिल बैंकमा कर्मचारीको जुन पद छ हिमालयन बैंकमा पनि त्यही पद कायम हुने दाबी गरे । तर, यसमा सत्यता देखिदैन । गर्भनर साब हेक्का होस् । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको छ । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोबार रोकिएको थियो । अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको सञ्चालक बोगटीले पंक्तिकारसंग बताए ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।

‘हामीलाई अहिले समस्या आएको छ, हिमालयन बैंकका सीईओको बुवा र सिभिल बैंकका सीईओ पोखरेलको आमाको निधन भएको हुँदा समस्या भएको छ, त्यसैले नै एकीकृत कारोबार मिति सार्नु परेको हो, राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ, हामीले फागुन १० गते एकीकृत कारोबार गर्ने निर्णय गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल राष्ट बैंकले फागुन १६ गतेसम्म एकीकृत कारोबार गर्न निर्देशन दिएको देखिन्छ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ । बरिष्ठ डिपुटी सीइओमा सिभिल बैंकका सुनिल पोखरेल हुने सहमति थियो । तर, आज सबै कुरा भाँडिएको छ । यहि हो मर्जरको सुन्दर पक्ष । यसले वित्तिय बजारमा के सन्देश दिन्छ । बैंकमा पेनडाउन हुँदा कस्तो असर पर्दछ गर्भनर साब । तत्कालै यी समस्या समाधान हुनु जरुरी देखिन्छ । सचेत भया ।

13210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका