जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय

बीमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय

बीमा समितिले बीमा कम्पनीहरुले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको छ। आज बसेको समितिको संचालक समितिको बैठकले जीवन र निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने चुक्तापुंजी तोकेको हो। 

बिजपाटीलाई प्राप्त जानकारीअनुसार आज बसेको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्तापुंजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब तोकेको छ। 

बीमा कम्पनीहरुले तोकिएको चुक्तापुंजी कसरी पुर्याउने भन्नेबारे पुंजीवृद्धि योजना आजदेखिको ३० दिनभित्र बीमा समितिमा बुझाउनुपर्नेछ। बीमा कम्पनीहरुलाई तोकिएको चुक्तापुंजी पुर्याउन १ बर्षको अवधि दिईनेछ।

हाल निर्जीवन बीमा कम्पनीका लागि कम्तिमा १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि कम्तिमा २ अर्ब पुँजी तोकिएको छ।

3815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका