जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राष्ट्र बैंक जबरजस्ती हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गराउँदैः गर्भनर साब जबरजस्ती विवाह हुन्छ ?

राष्ट्र बैंक जबरजस्ती हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर गराउँदैः गर्भनर साब जबरजस्ती विवाह हुन्छ ?

नेपालका ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड बीच बिग मर्जर गर्ने भन्दै ६ महिना अगाडी सम्झौता भएको थियो भन्दा फरक पर्दैन । गत कार्तिक १ गतेबाट नै एकिकृत कारोबार गर्ने हल्ला चलाएको यो मर्जरले हावा खाने प्रायः निश्चित देखिन्छ भन्दा अब चाहि फरक पर्दैन ।

हिमालयन बैंकका तत्कालीन अध्यक्ष तुलसी गौतमले ठूलो धनराशी खर्च गरि यो दुई बैंक बीच मर्जर गराउने नाटक मचन गर्दै आएका थिए उनीको बर्हिगमन पछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच हुने मर्जरले हावा खाएको छ भन्दा फरक पर्दैन ।
पछिल्लो समय यी दुवै बैंक बीच मर्जर बारे कुनै पनि छलफल अगाडी नबढेपछि नेपाल राष्ट्र बैंकले जबरजस्ती मर्जर गराउन लागि परेको भेटिएको छ । यसले कस्तो असर पर्ने हो त्यो पनि खोजी कै विषय बनेको छ ।

यी दुबै बैंक अरु नै कुनै वाणिजय बैंकसंग मर्जर गर्न पार्टनर खोजी रहेको भेटिएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले हिमालयन बैंकसंग मर्जर नहुने प्रस्टै भएपछि सिभिल बैंक र सेञ्चुरी बैंकसंग दुई चरणमा कुराकानी अगाडी बढाएको सिभिल बैंकका एक सञ्चालकले पंक्तिकारसंग बताए ।
यता मर्जरको सम्झौता भएको लामो समयपछी पनि एकिकृत कारोबारमा जान नसकेका बैंक हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर ‘भाँडीएको’ छ भन्दा अब चाहि फरक पर्दैन ।

नेपाल इन्भेष्टमेन्ट बैंकको एक सञ्चालकले भने अव नेपाल राष्ट्र बैंकले ‘जवर्जस्ती’ मर्जरका लागि कसरत नगरेको खण्डमा दुई बैंकको मर्जर लगभग भाडिएको छ टुटेको छ नि । मर्जर नहुने भएपछी दुवै बैंक आ–आफ्नो तरिकाले अगाडी बढेको देखिन्छ । दुवै बैंकले अनौपचारिकरुपमा नेपाल राष्ट्र बैंकलाई अव दुई बैंकको मर्जर हुन नसक्ने बताईसकेको उनीले दाबी गरे ।
‘हिमालयन बैंकसँग हामी मर्जरमा नजाने लगभग निश्चितप्राय भएको छ ।’ नेपाल इन्भेष्टमेन्ट बैंकका ती सञ्चालकले पंक्तिकारसंग दाबी गरे । उनीले थपेः– ‘यहि अनुसार पहिला गरिएका कतिपय भद्र सम्झौताहरु पनि दुवै पक्षबाट उल्लङ्घन भईसकेका छन् । बैंक अव आफ्नै हिसाबले अगाडी बढ्छ नि ।’ मर्जर बिथोलिनुको कारण मुख्य भने आन्तरिक ‘टसल’ भएको उनीले दाबी गरे ।

भनिन्छ हिमालयन बैंक पनि अव नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान नसकिने कुरा हिमालयन बैंकका बोर्डले उच्च व्यवस्थापनलाई दिइसकेको भेटिएको छ । ‘हामीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग भन्दा पनि अव आफ्नै हिसाबले मर्जरमा अगाडी बढ्न भनिसकेका छौं नि । हिमालयन बैंक स्रोतको दाबी छ ।

दुवै बैंक बीच अब मर्जर नगर्दा नै ठिक रहेछ भन्ने निष्कर्षमा पुगिएपछी अन्तत मर्जरमा नजाने निर्णय भएको भेटिएको छ । भित्र विविध कारणहरु छन् । राष्ट्र बैंकले पनि नमिल्ने छनक पाउँदा पनि खासै चासो देखाएन । मिलेर जाने सम्झौता भईसकेका बैंकहरुले बोनस बाँड्ने सवालमा गरेका निर्णयले पनि मर्जर नहुने तयारीको संकेत गरिसकेको देखिन्छ । कर्मचारीको लफडा मिलाउन नसकिने तहमा पुगेको भन्ने दुबै पक्षको निष्कर्ष छ । राष्ट्र बैंकले केही समय हिमालयन बैंकको वित्तिय विवरण रोकी मर्जरमा जान दबाब दिँदा पनि यो सम्भव भएन हालै राष्ट्र बैंकबाट वित्तिय विवरण पास भएर आएको भेटिएको छ भन्दा फरक पर्दैन ।

६ महिना अगाडी काठमाडौँस्थिति छायाँ सेन्टरमा रहेको एलफ्ट होटलमा भएको एक विशेष कार्यक्रमका बीच हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो सम्झौतासँगै दुवै बैंकको सेयर कारोबार रोक्का भएको थियो ।

मर्जर सम्झौतापछी संछिप्त प्रतिक्रिया दिंदै दुवै बैंकका प्रमुख कार्यकारी अधिकृतले दुई संस्थाको यो मर्जरले वित्तीय क्षेत्रलाई निकै फाइदा पु¥याउने दाबी गरेका थिए । हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणाले यो सम्झौतालाई ‘माइलस्टोन’ निर्णय भएको बताएका थिए भने नेपाल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी पाण्डेले यो मर्जरले वित्तीय स्थायित्वमा ठूलो योगदान गर्ने र यसबाट अरुलाई पनि प्रेरणा मिल्ने बताएका थिए । तर, उनीहरुका यी अभिव्यक्तिले अब चाहि हावा खाएको छ भन्दा फरक पर्दैन ।

मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ। अव यसपछी पुनः विस्तृत डीडीए हुन्छ । तर विस्तृत डीडीए भने नाम मात्रको हुनेछ । किनकि आधा डीडीए र विस्तृत डीडीए गर्ने प्रावधान वा तरिका नै छैन । सुरुमा नै डीडीए गर्न मर्जर सम्झौता हुनुपर्ने र सम्झौता हुनेबित्तिकै सेयर कारोबार रोक्का हुने हुनाले दुवै बैंकको सहमति अनुसार निकै चलाखीपूर्ण तरिकाले डीडीए नै सक्काएर सम्झौता गरिएको भेटिएको छ । दुवै बैंकको डीडीए गरेको टिआर उपाध्याय एण्ड कम्पनी सिए फर्मले गरेको थियो ।

यता कर्मचारीहरुको चर्को विरोध भएपछि दुवै बैंकबीच मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोर गरिने सहमति भएको थियो । सम्झौताको सहमतिअनुसार हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने छ । यसो हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब बढ्ने देखिन्छ । भन्दा फरक पर्दैन । नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलव हिमालयन बैंकको तुलनामा सार्है कम पनि थियो । दुवै बैंकले भीआरएस योजनासमेत ल्याउने तयारीमा थिए भन्दा फरक पर्दैन ।

बैंकको नाम हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक रहनेछ भने बैंकका अध्यक्ष पृथ्वी बहादुर पांडे हुनेछन् । बैंकमा सीइओकारुपमा अशोक राणा हुनेछन् भने इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे बैंकको डेपुटी सीइओ हुने सम्झौतामै उल्लेख भएको थियो । तर, लामो समय पछि दुवै बैंक बीच मर्जरमा आलटाल भएपछि राष्ट्र बैंकले चलाखीपूर्ण खेल खेलीरहेको भेटिएको छ । तर, यो खेलले मर्जर होइन विवाद र शेयरधनीहरुको इच्छा विपरित काम हुने देखिन्छ भन्दा फरक पर्दैन । गर्भनर साब जबरजस्ती विवहा हुन्छ र ? सचेत भया ।

17305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका