जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिभिल बैंकको कामू सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

सिभिल बैंकको कामू सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बैशाख ५ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओको पदभार सम्हाल्ने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै बैठकले कामु सीईओमा पोखरेललाई नियुक्त गरेको हो । बैठकले सीईओ गुरुङ्गको राजीनामा आगामी बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गुरुङले वि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र वि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए ।

उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप ३३ अर्व ८१ करोड, कर्जा ३१ अर्ब १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप ८७ अर्ब ८९ करोड, कर्जा ८१ अर्ब ४४ करोड, निष्कृय कर्जा अनुपात १.७०% तथा शाखा संख्या ११४ पुगेको छ ।

7180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?