जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • निरज श्रेष्ठले किन छोडे सनराईज बैंकको महंगो जागिर ?

निरज श्रेष्ठले किन छोडे सनराईज बैंकको महंगो जागिर ?

भूपेन्द्र आचार्य । जीवनको आँधा अवधी बैंकिङ्ग क्षेत्रमै विताएका बैंकर निरज श्रेष्ठले कार्यभार नसम्हाल्दै सनराईज बैंकबाट सीइओ पदको त्याग गरेका छन् । माछापुच्छ्रे बैंकबाट सीइओ पदबाट राजीनामा दिएर बसेका बैंकर श्रेष्ठलाई बोलाएरनै सनराईज बैंकको नेतृत्वले सीइओ नियुक्त गरेको थियो । सनराईज बैंकको ७ जनाको सञ्चालक समितिको बहुमत ५ जनाले निर्णय गरी सीइओ पदमा श्रेष्ठलाई नियुक्त गरिएको थियो । कानुनी रुपमा निरज श्रेष्ठ बलियो भएपनि बैंकको भविष्य माथी नै प्रश्न चिन्ह खडा भएपछि उनीले बोर्ड विवादबीच काम गर्न अस्वीकार गरेको देखिन्छ ।

सनराईज बैंकका संचालकद्वय शैलेन्द्र गुरागाई र मालचन्द्र दुगडले बोर्डले गरेको निर्णयमा असहमती जनाउँदै नोट अफ डिसेन्स लेखेपछि बैंक भित्रको विवाद छताछुल्ल भएको थियो । जनता बैंकको संचालक हुँदा पनि यस्तै विवाद गर्दै आएका सनराईज बैंकका संचालक शैलेन्द्र गुरागाईले सीइओ नियुक्ती पछि राष्ट्र बैंकमा उजुरी दर्ता गरेको हवाला दिँदै विभिन्न सञ्चार माध्याममा समाचार प्रवाह गरेको छन् । के उुजरी परेकै हो त भनी हामीले राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलालाई सोध्दा उनीले भने उजुरी दर्ता भएको छैन । कसरी मिडियामा आयो हामी छानबीन गरिरहेका छौं । उनीले थपे एउटा व्यक्तिको स्वार्थले जनताको डिपोजिट भएको बैंकलाई बदनाम गराउनु राम्रो होइन । चाँडो बोर्डले गल्ती नसच्याए हामी सनराईज बैंकको बोर्ड खारेज गरी राष्ट्र बैंक नेतृत्वले बैंकल लिने निर्णय गर्न वाध्य हुनेछौं ।

चार बर्षे कार्यकालका लागि करारपत्रमा हस्ताक्षर गरेपछि सञ्चालकहरुले नियुक्तिका बिषयमा विवाद गरेको भन्दै सीइओ श्रेष्ठले अध्यक्ष मोतीलाल दुगडलाई पत्र लेख्दै अब आफू नआउने जानकारी गराएको पंक्तिकारलाई बताए ।
२९ बर्ष लामो बैंकिङ अनुभव सँगालेका निरजलाई गत जेठ २३ गते बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। सात सदस्यीय सञ्चालक समितिमा नियुक्तिपछि दुई जना सञ्चालकले सञ्चार माध्यममार्फत निरजको विरोध मात्रैै गरेनन् । बैंकको छबीमाथी नै प्रश्न चिन्ह हुने गरी बदनाम गराए ।

मालचन्द दुगड र शैलेन्द्र गुरागाइँले विरोध जनाएपछि निरजले अध्यक्ष मोतीलाललाई सञ्चालक समितिको विवादका बारे सोधेका थिए। दुगडले विवाद केही पनि नभएको असार २ गतेबाट बैंक आउन भनेका थिए।
निरजले विवाद भए आफू आउन नसक्ने जानकारी अध्यक्षलाई दिएका थिए। उनले सुरुमा १५ दिनको समय दिएका थिए। अध्यक्षले एक महिनाको समय मागेपछि निरजले साउन ६ गतेअघि नै विवाद मिलाए मात्र आफू बैंक आउने जानकारी गराएका थिए ।

यसबीचमा सञ्चालक समितिको विवाद मिलाउन पहल भएन । विवादका बीच काम गर्न गाह्रो हुन्छ । त्यही भएर मैले अध्यक्षज्यूलाई बैंक ‘जोइन’ गर्न नसक्ने जानकारी दिएको छु । सीइओ श्रेष्ठले आर्थिकबजार ज्यूज डटकमलाई बताए ।

शैलेन्द्रको दादागिरी ?
सिइओ नियुक्त गर्नुअघि निरजलाई बैक सञ्चालक समितिले ’पावर पोइन्ट प्रिजेन्टेसन’ का लागि डाकेको थियो। उनले करिव दुई घण्टा आफ्नो प्रस्तुती दिएका थिए। त्यहाँ सञ्चालकहरुले सवाल गरे, उनले जवाफ दिए।

त्यो बैठकमा दुई जना सञ्चालक भने अनुपस्थित थिए। शैलेन्द्र गुरागाईँ र मालचन्द दुगड। गुरागाईँले बैठक चलिरहँदा अध्यक्ष मोतीलाल दुगडलाई फोन गरेर भनेपनि( मालचन्द जी हुनुहुन्न। उहाँ नभएपछि म आउँदिन। निरजजी राम्रो मान्छे हो। म अर्को बैठकमा आउँला। शैलेन्द्रसँग भएको कुराकानी सञ्चालक समिति चलिरहँदा मोतीलाल दुगडले सुनाएका थिए।

निरज आफ्नो प्रस्तुती सकेर हिँडे। त्यसको केही दिनमै सञ्चालक समितिको बैठक बस्यो। बैठकमा गुरागाईँले ’निरजजी राम्रो मान्छे हो। मैले त उहाँसँग सँगै पढेको पनि हो। त्यसैले उहाँलाई नियुक्त गर्दा मेरो समर्थन नै हुन्छ’ भनेर बैठकमा आफ्नो धारणा राखे । यो बीचमा अर्थमन्त्री डा. युवराज खतिवडाको छोराको फोन शैलेन्द्रलाई आयो । उनीलाई जनकशर्मा पौडेल सीइओ बनाउन दबाब अर्थमन्त्रीका छोराले दिएपछि उनी बैठकबाट हस्ताक्षर नै नगरी बाहिरीएका थिए । त्यसपछि जनक शर्मासंग डिनर खाएर घर भएको समाचार स्रोतको दाबी छ ।

बैठकमा मालचन्द दुगड उपस्थित थिएनन्। उनले बिरामी भएकाले आउन नसक्ने जानकारी गराएका थिए। सिइओमा निरजलाई नियुक्त गर्ने भनेर सञ्चालक समितिले माइन्युटमा हस्ताक्षर गर्न थालियो।

शैलेन्द्रले भनेः– म अहिले हस्ताक्षर गर्दिन, मालचन्दजीसँगै गरौंला’ भनि दिए । बैठकले निरजलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेपछि तत्कालै निरजलाई चार बर्षका लागि ’कन्ट्राक्ट पेपर’ मा हस्ताक्षर गरायो ।

आफूसँगै पढेको साथी भनेर प्रशंसा गरेका शैलेन्द्रको सार्वजनिक रुपमा बोली फेरियो। उनले निरजमाथि प्रश्न उठाउँदै उनको नियुक्तिमा आफ्नो समर्थन नरहेको प्रतिकृया सार्वजनिक गरे। शैलेन्द्र ’युटर्न’ हुनुमा दुई वटा मूख्य कारण रहेको उनी निकटहरु बताउँछन्।

शैलेन्द्रले अर्थमन्त्री डा. खतिवडाको दबाबमा जनक शर्मा पौडेललाई सीइओ बनाउने दाउमा थिए । अर्कोतिर उनले ’राजनीतिक तथा प्रशासनिक दबाब’ का कारण अरु कसैलाई प्रमुख कार्यकारी बनाउन खोजेका थिए।

सनराईज बैंक सञ्चालक समितिमा मोतिलालका साथै बच्चराज तातेर, मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, शारदा शर्मा, दीपक नेपाल र ओमकृष्ण जोशी छन्।

स्रोतहरुका अनुसार, सञ्चालक समिति बैठकमा निरजलाई नियुक्त गर्नुअघि मोतीलालले ’तपाईँहरुलाई कोही उत्कृष्ट लाग्छ भने नाम प्रस्ताव गर्नु होला’ भनेर सोधेका पनि थिए। तर न मालचन्द न त गुरागाईँले नै अर्को विकल्प दिएका थिए।

’निरजजी जागिर माग्दै आएको होइन। हामीले नै बोलाएको हो। नियुक्त गरिसकेपछि उहाँलाई विवादमा तान्नु बैंकलाई बदनाम गराउनु ठीक होइन तर साथीहरुले कुरा बुझेनन् । अध्यक्ष मोतीलाल दुगडले आर्थिक बजार डटकमलाई बताए ।
काम गर्ने वातावरण नै रहेनः सीइओ श्रेष्ठ
सीइओ श्रेष्ठले विवादका कारण बैंकको छवी क्षयिकरण हुने र चाँडोभन्दा चाँडो विवाद मिलाउन अध्यक्षलाई आग्रह गरेको बताए । विवाद मिलाउन नसक्ने भए आफ्नै करारनामा भङ्ग गर्नसमेत तयार रहेको बोर्डलाई बताएका थिए।

’लामो समय पर्खिँदा पनि विवाद मिल्ने अवस्था नदेखेपछि मैले कन्ट्राक्ट भङ्ग गरेको हुँ । व्यक्तिका कारण बैंकको छवि बिग्रिनु हुँदैन भन्ने म चाहन्छु । उनले थपेः– करार सम्झौता गर्नुअघि सञ्चालक समितिमा विवाद छ भन्ने थाहा पाएको भए हस्ताक्षर गर्दिन थिए ।

’विवादकाबीच बैंक अगाडि बढ्न सक्दैन। म विवादमा काम गर्ने प्रबृत्तिको मान्छे पनि होइन’ उनले भने, ’साँच्चै भन्दा मैले उहाँहरुलाई निकास दिएको हुँ।’ उनीले थपेः– आकर्षक तलब सुविधा, बहुमत सञ्चालक आफ्नो पक्षमा (सातमध्ये पाँच) हुँदा हुँदै पनि विवादका बीच काम गर्ने वातावरण नभएको आर्थिक बजारन्यूजडटकमसंग बताए ।

सीइओ श्रेष्ठले भने मैले बिबाद चाँडोभन्दा चाँडो मिलाउन भनेको थिएँ। बैंकको छवि नबिग्रियोस् भन्ने मेरो चाहना हो । तर सञ्चालकहरु नै प्रचारबाजीमा लागेर बैंककै छवि गिराउने काममा लागे । यस्तो परिस्थितिमा मलाई काम गर्न गाह्रो हुन्छ । र मैले नगर्ने निर्णय गरे ।

स्मरणीय रहोस् शैलेन्द्र गुरागाई र मालचन्द्र दुगडको उम्मेदवार जनकशर्मा पौडेलले जुन अनैतिक रुपमा अर्थमन्त्री मार्फत राष्ट्र बैंकका डिपुटी गर्मनर चिन्तामणी सिवाकोटीलाई फोन गराई सनराईज बैंकमा भाडभौलो मच्चाए यसले शर्माको छवि माथी पनि अब प्रश्न चिन्ह उठेको छ । यसको खोजी गर्ने बेला अब भएको छ । सचेत भया ।

8370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका