जोडिनुहोस
सोमवार, जेष्ठ ७, २०८१
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यक : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि पहल भइरहेको बताएका छन् । यसमा सरकारको नेतृत्व र विकास साझेदारसँगको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा उनले यस्तो बताएका हुन् ।

भेटमा महासंघका अध्यक्ष ढकालले नेपाल प्राकृतिक स्रोत साधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको पनि बताए ।

यद्यपि, यी फाइदालाई पूर्ण रूपमा सदुपयोग र आर्थिक वृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति र उद्यमशीलता प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

ढकालले नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्य आवश्यक रहेको बताए ।

भेटमा होल्टम्यानले आइएफसी सधैं निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनको प्रवर्द्धक रहेको बताए । उनले नेपालको विकास कार्यमा आईएफसी निरन्तर सहयोग र सहकार्य गर्ने बताए ।

होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको बताए ।

गत वर्ष आईएफसी र महासंघले संयुक्त रूपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका