जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुलुकको समृद्धिका लागि एमसीसी पारित गर्नुपर्छ : गोल्छा

मुलुकको समृद्धिका लागि एमसीसी पारित गर्नुपर्छ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट चाँडो पारित गर्नुपर्ने बताएका छन् । कोरोनापछिको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गोल्छाले एमसीसी पारित गर्नुपर्ने बताए ।

नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौं आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमसीसी पारित नभए नेपालले राम्रो अवसर गुमाउने बताए ।

एमसीसीका विषयमा आफ्नो कुनै स्वास्थ नरहेको भन्दै उनले मुलुकका लागि आवश्यक परियोजना भएको बताए । ‘कतिपय साथीहरूले तेरो के स्वार्थ छ भनेर पनि सोधिराख्नु हुन्छ । यसमा मेरो केही स्वार्थ छैन, स्वार्थ छ भने मुलुकको आर्थिक समृद्धिको स्वार्थ छ,’ उनले भनेका छन् ।

4860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका