जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले ल्यायो सञ्चार नीति: कार्यकारी निर्देशकदेखि तलकाले सोधेर मात्र बोल्न पाउने

राष्ट्र बैंकले ल्यायो सञ्चार नीति: कार्यकारी निर्देशकदेखि तलकाले सोधेर मात्र बोल्न पाउने

सुचना तथा जानकारी ब्यवस्थित, सहज र पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने उद्देश्य सहित राष्ट्र बैंकले मंगलबार सञ्चार नीति जारी गरेको छ।

सम्प्रेषित सुचनाको माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रबर्द्धन र स्थायित्वमा टेवा पुर्याउँदै समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वासनीयतामा अभिबृद्धि गर्ने राष्ट्र बैंकले दाबी गरेको छ।

राष्ट्र बैंकले सूचनाको संप्रेषणका लागि पत्रपत्रिका, रेडियो टेलिभिजनबाहेक सामाजिक सञ्जाल पनि प्रयोग गर्ने छ। भारतलगायतका अन्य देशका केन्द्रीय बैंकले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युवलगायतका माध्यमबाट सूचना दिइरहेका छन्। यसमा राष्ट्र बैंक निक्कै पछाडि छ।

राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरुले के कस्तो सुचना सम्प्रेषण गर्न पाउने भनेर पनि नीतिमा खुलाएको छ। गभर्नरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कुनै पनि काम कारवाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नर, डेपुटी गभर्नरहरुले सूचना संप्रेषण गर्न पाउने छन्।

बैंकको निर्णय तथा गतिविधिबारे बैंकको प्रवक्ता वा सहप्रवक्ताले सूचना दिन सक्ने छन्। उनीहरुलाई सञ्चार माध्यमलाई सूचना दिनु पर्छ। विभागीय हाकिमहरुले गभर्नरलाई सोधेर मात्र दिनु पर्छ। त्यो पनि प्रवक्तासँग समन्वय गरेर मात्र। प्रदेश कार्यालयका हाकिहरुले प्रवक्तासँग समन्वय गरेर सूचना दिन पाउँछन्।

3260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका