जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ऋण भुक्तानी गर्न एनबी समूहले एनसीसीको संस्थापक सेयर बेच्यो

ऋण भुक्तानी गर्न एनबी समूहले एनसीसीको संस्थापक सेयर बेच्यो

एनबी समूहअन्तर्गतका विभिन्न कम्पनीहरुले बिक्रीमा राखेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संस्थापक समूहको सेयर माग गरिएको मूल्यभन्दा निक्कै माथि बिक्री भएको छ।

अंकित रुपैयाँ १०० रुपैयाँ दरका सेयरको बिक्री मूल्य कम्तिमा १४० रुपैयाँ निर्धारण गरेको थियो। बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार, संस्थापक सेयरमा अधिकतम ३१५.५ रुपैयाँसम्म आवेदन परेको थियो।

न्यूनतम १४१.५ रुपैयाँसम्मका आवेदन परेको थियो। कुल १०५ जनाले आवेदन दिएका थिए। यसमध्ये १०४ जनाले मागेजति सेयर पाउने छन्। अर्को एक जनाले भने उब्रिएको सेयर मात्र पाउने छन्। उनले १४१.५ रुपैयाँका दरले आवेदन दिएका थिए। आम सर्वसाधारणले पनि संस्थापक सेयर खरीद गर्न आवेदन दिएका छन्। संस्थागतमा भने बीमा कम्पनी र लगानीसँग सम्बन्धित कम्पनीहरुले आवेदन दिएको क्यापिटलका प्रमुख कार्यकारी बिजयलाल श्रेष्ठले जानकारी दिए।

समूह अन्तर्गतका ६ वटा कम्पनीहरुले एनसीसीको सेयर बिक्रीमा राखेका थिए। सिलबन्दी आवेदन फागुन ९ गतेसम्म माग गरिएको थियो। समूहले कुल २५ लाख कित्ता सेयर बिक्रीमा राखेको थियो। बैंकले १०.२७ प्रतिशत बोनस सेयर दिएपछि अहिले चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

यसको ५१ प्रतिशत सेयर संस्थापकमा छ। संस्थापकमा भएको कुल सेयरमध्ये ४.७५ प्रतिशत बिक्रीमा राखिएको हो। कम्पनीमा ४९ प्रतिशत सेयर सर्वसाधारणको छ। अहिले दोस्रो बजारमा साधारण सेयरको भाउ निरन्तर बढिरहेको छ।

एनबी समूहअन्तर्गत रहेको सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबी ग्रुप नेपाल प्रालि, एनबी इन्भेष्टमेन्ट प्रालि, दोलखा भीमसेन इन्भेष्टमेन्ट, मानाङ्क इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको केही सेयर बिक्रीमा राखिएको थियो

एनबी समूहको बिभिन्न बैंकहरुमा ऋण छ। त्यो ऋण चुक्ता तथा अन्य आन्तरिक विषय मिलाउन सेयर बिक्री गरिएको स्रोतको दाबी छ। अर्कोतिर समूहको सेयर मर्जर प्रयोजनका लागि पनि बिक्री गर्न खोजिएको थियो। एनबी समूह कमजोर भएको अवस्थामा अन्य समूह छिर्ने सम्भावना छ। त्यही सहमति अनुसार प्रिमियममा सेयर बिक्री गरिएको हो।

कम्पनीको सेयर खरिदका लागि न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो। अधिकतम २५ लाख कित्ताकै लागि आवेदन दिइएको थियो। बिक्री प्रबन्धकका अनुसार, कुल ४५ करोड रुपैयाँभन्दा बढीको डिल भएको छ। यसबाट ६० लाख रुपैयाँ सरकारले पुँजीगत लाभकर पाउने छ।

एनबी समूहका प्रबन्ध निर्देशक लक्ष्मीबहादुर श्रेष्ठले सेयर किनबेच सामान्य कुरा भएको बताए। उनले अहिले बिक्री गरिएको सेयर आफ्नो समूहको मात्र नभइ धेरै जनाको रहेको दाबी गरे। आन्तरिक हिसाबकिताब मिलाउन सेयर बिक्री गरिएको उनले जानकारी दिए।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका