

बैंक अफ काठमाण्डूले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले चैत्र ३ गते बिहान १० बजे विशेष साधारणसभा आह्वान गरेको हो ।
बैंकले सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने तथा विशेष प्रस्तावहरुको संशोधनमा नियामक निकायबाट केहि निर्देशन प्राप्त भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव सभामा पेश हुने छ ।
बैंकले विशेष साधारणसभा प्रयोजनको लागि फागुन २३ देखि चैत्र ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २० गतेअम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।