जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) मा नयाँ कार्यसमिति चयन भएको छ । सिविफिनको शनिवार सम्पन्न प्रथम वार्षिक साधारणसभाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उक्त बार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यमिति चयन गरेको हो । सिविफिनले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर तीनओटै क्षेत्रलाई समावेश गरेर कार्यसमिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा मेगा बैंकका अध्यक्ष भोजबहादूर शाह वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा राजेश उपाध्ययन चयन भएका छन् । यसैगरी महासचिवमा केशव बहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली, र सहकोषाध्यक्षमा मनोज कुमार केडीया सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा पृथ्वी बहादुर पाण्डे, तुलसी प्रसाद गौतम, इच्छा राज तामाङ, उपेन्द्र केशरी न्यौपाने, महेन्द्र कुमार गोयल, दशरथ रिसाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।

9010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका