जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन, डेपुटी गभर्नर ढुङ्गानाबाट लिए सपथ

एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन, डेपुटी गभर्नर ढुङ्गानाबाट लिए सपथ

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले १६९औं संञ्चालक समितिको बैठकले रामबहादुर मानन्धरलाई अध्यक्ष पदमा चयन गरेको छ।

अध्यक्ष नियुक्त भएपछि मानन्धरले राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन्।

मानन्धर राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। उनी बैंकिङ विभागका प्रमुख हुन्।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन्।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो।

9220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका