जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • भारतीय राजदूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

भारतीय राजदूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।

राजदुतावासका अनुसार नेपाल भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्र्तगत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको बताएको छ । दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहारस्वरुप प्रदान गरेको हो । स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूप प्रदान गरेको हो । राजदुतावासले बताए अनुसार सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बासवारी र धुलीखेल अस्पताललाई पुनः दिएको बताएको छ ।

आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।

8510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका