जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको खुद नाफा घट्यो, बाड्न मिल्ने नाफा ३ अर्ब ९० करोड

कृषि विकास बैंकको खुद नाफा घट्यो, बाड्न मिल्ने नाफा ३ अर्ब ९० करोड

आर्थिक वर्ष ७८/७९ मा कृषि विकास बैंकको खुद नाफा २३.७४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा ३ अर्ब ५२ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको नाफा घटेर २ अर्ब ६९ करोड कायम भएको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड रहेको छ । यस बैंकले गत वर्षको वितरणयोग्य मुनाफालाई समावेश गरेको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशतले बढेर ७ अर्ब ७७ करोड पुगेको छ । बैंकको संचालन मुनाफा भने १८.१५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड कायम भएको छ।

बैंकको निक्षेप २.२६ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा प्रवाह १८.५४  प्रतिशतले बढेर १ खर्ब ७८ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.८३ प्रतिशतबाट घटेर १.६८ प्रतिशत कायम भएको छ ।

१८ अर्ब ६२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १५ अर्ब १२ करोड रहेको छ ।   बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

2950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका