सरकारले कोरोना संक्रमणको दर तीव्र गतीमा बढेसँगै निषेधाज्ञा थप कडा पार्ने तयारी गरेको छ ।
शुक्रबार बसेको सीसीएमसीको बैठकले बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारीलाई मात्रै कर्मचारी राखेर काम गर्न दिने गरी सिफारिस गरेको सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
उक्त सिफारिस मन्त्रिपरिषदले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।
पछिल्लो समयमा कोरोना संक्रमणको दर बढिरहेको छ । जसमा बैंकिङ क्षेत्रका कर्मचारीमा पनि देखिएकाले सीमित कर्मचारी राखेर बैंकसञ्चालन गर्न दिन सिफारिस गरिएको हो ।
क्वारेन्टिन बस्न नमाने विदेशीलाई डिपोर्ट गरिने
उनका अनुसार बैठकले होटल क्वारेन्टिनलाई व्यवस्थित गर्न पनि सिफारिस गरेको छ ।
त्यसैगरी नेपाल आउने विदेशी नागरिक क्वारेन्टिन बस्न नमाने डिपोर्ट गर्न समेत सिफारिस गरेको छ । त्यसैगरी क्वारेन्टिनको नियमउल्लंघन गरे जरिवाना तिराउन समेत सिफारिस गरेको छ ।