जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारी मात्रै बोलाउन दिन सीसीएमसीको सिफारिस

बैंक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारी मात्रै बोलाउन दिन सीसीएमसीको सिफारिस

सरकारले कोरोना संक्रमणको दर तीव्र गतीमा बढेसँगै निषेधाज्ञा थप कडा पार्ने तयारी गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारीलाई मात्रै कर्मचारी राखेर काम गर्न दिने गरी सिफारिस गरेको सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

उक्त सिफारिस मन्त्रिपरिषदले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।

पछिल्लो समयमा कोरोना संक्रमणको दर बढिरहेको छ । जसमा बैंकिङ क्षेत्रका कर्मचारीमा पनि देखिएकाले सीमित कर्मचारी राखेर बैंकसञ्चालन गर्न दिन सिफारिस गरिएको हो ।

क्वारेन्टिन बस्न नमाने विदेशीलाई डिपोर्ट गरिने

उनका अनुसार बैठकले होटल क्वारेन्टिनलाई व्यवस्थित गर्न पनि सिफारिस गरेको छ ।

त्यसैगरी नेपाल आउने विदेशी नागरिक क्वारेन्टिन बस्न नमाने डिपोर्ट गर्न समेत सिफारिस गरेको छ । त्यसैगरी क्वारेन्टिनको नियमउल्लंघन गरे जरिवाना तिराउन समेत सिफारिस गरेको छ ।

 

7835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका