जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रिलायन्स लाइफको खुद नाफा बढ्यो

रिलायन्स लाइफको खुद नाफा बढ्यो

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत मसान्तसम्ममा अधिकांश सुचकमा उत्साहजनक प्रगति गरेको देखिएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३१ दशमलव ४२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ७ दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८६ करोड ९८ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष १६० प्रतिशतले बढी हो । महाविपत्ती कोषमा २ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड ४८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा कम्पनीले ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ ८८ पैसा रहेको छ । कम्पनीको मुल्य आम्दानी अनुपात १७४.०८ गुणा रहेको छ ।

7955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?