जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु बैंकको डडेलधुरामा नयाँ शाखा संचालन

प्रभु बैंकको डडेलधुरामा नयाँ शाखा संचालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ–गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंक लि.ले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४मा बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक कार्यक्रमविच बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन कार्यक्रममा बोल्दै क्रममाप्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका