जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीमा समिति ५३ औ वर्षमा प्रवेश

बीमा समिति ५३ औ वर्षमा प्रवेश

बीमा क्षेत्रको नियामक निकाय बीमा समिति ५२ वर्ष पुरा गरि ५३ औ वर्षमा प्रवेश गरेको छ । सामान्य अवस्थामा विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव बनाउने बीमा समितिले यस वर्ष कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ । कोभिड १९ को महामारीको अवस्थामा कुनै पनि औपचारिक कार्यक्रम नराखिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । अहिलेको दुखद घडिमा उत्सव बनाउने भन्दा पनि सबै जना सुरक्षित हिसावले बस्नु पर्ने अवस्था रहेको उनले बताए ।

गएको वर्ष पनि बीमा समितिले भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाएको थियो । गत वर्ष नेपाल सरकारले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्दा समितिले उल्लासमय ढङ्गले कार्यक्रम गर्न सकेन । तर यस वर्ष पनि नेपाल सरकार तथा स्थानीय निकायले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा गर्दै आएका छन् । गत वर्ष भन्द यस वर्ष परिस्थित थप जटिल बन्दै गएको छ । संक्रमितको संख्या सँग सँगै कोरोना भाइरसका कारण अनाहकमा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

हाल विश्वव्यापि महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको कोभिड –१९ संक्रमण बढेसँगै बीमा व्यवसायलाई नियमित एवं विकसित गर्न थप चुनौती बढ्दै गएको हुँदा समग्र बीमा क्षेत्रको विकास र विस्तारको कार्यसँगै बीमितको हक/हित संरक्षणलाई केन्द्रमा राखी बीमा सम्बन्धी प्रचारात्मक, प्रवर्द्धनात्मक र सचेतनामूलक कार्यहरु गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए ।

उनले भने ‘बीमा क्षेत्र बहुआयामिक प्रकृतिको भएको हुँदा बीमा क्षेत्रले आफ्नो क्षेत्रको साथै अर्थ व्यवस्थाका सबै क्षेत्रको जोखिम समेत बहन गनुपर्ने भएकोले विपद्/जोखिम व्यवस्थापनमा बीमा क्षेत्र बढी संवेदनशील हुनुपर्दछ ।‘ जोखिम व्यवस्थापनको महत्वुर्ण औजारको रुपमा रहेको बीमालाई आम नागरिकको दैनिकीसँग जोड्नुपर्ने सिलवालको तर्क छ ।

बिगत लामो समयसम्म मुलुकको कुल गार्हस्थ उत्पादनमा बीमाको योगदान १ प्रतिशतको हाराहारीमा रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा ३.२१ प्रतिशत रहेको छ । चालु आर्थिक बर्षको अन्त्य सम्ममा ३.७५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । बीमा कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा समग्र बीमा व्यवसाय पनि बढिरहेको छ । २०७७ साल चैत्र मसान्तसम्ममा सबै जीवन बीमा कम्पनीहरू मार्फत कुल ७६ लाख ६१ हजार ३५० बराबर बीमालेख बिक्री गरेका छन् । त्यस्तै २०७७ साल चैत्र मसान्तसम्ममा सबै निर्जीवन बीमा कम्पनीहरूले  २२ लाख ४४ हजार ६ सय १६ वटा बीमालेख बिक्री गरेका छन् ।

बीमा समितिले गरेको एक अध्ययन अनुसार दश वर्षको तथ्याङ्का आधारमा नेपालको जिवन बीमा क्षेत्रको  ल्याप्सेस रेसियो २३.९१ प्रतिशत देखिएको छ । यसले पनि बीमा क्षेत्रमा जनचेतनाको अभाव रहेको पुष्टि हुन्छ । अर्को तर्फ बीमा लेख नविकरण गर्ने अनुपात ८८.८२ प्रतिशत देखिन्छ । साथ साथै बीमा लेख समर्पण गर्नेको हिस्सा पनि ३.८३ प्रतिशत रहेको  पाइएको छ ।

बीमा समितिले बीमा क्षेत्रको सुधारका लागि अझै पनि धेरै काम गर्न बाँकी छ । बीमा क्षेत्रका विकृति अन्त्यका लागि समितिले निरन्तर रुपमा नियमन तथा सुरपरिवेक्षण गर्नु पर्ने देखिन्छ । बीमा कम्पनी धेरै हुँदा एक अर्कामा अस्वस्थ प्रतिस्पर्धा धेरै छ । दक्ष जनशक्तिको अभावले गर्दा बीमा क्षेत्र थप व्यवसायिक बन्न सकिरहेको छैन । बीमा क्षेत्रलाई व्यवसायिक मर्यादित र विश्वसनिय बनाउनका लागि पनि समितिले काम गर्नु पर्ने छ ।

10325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?