जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकका अधिकांश शाखा बन्द, कारोबार ठप्पप्राय,

बैंकका अधिकांश शाखा बन्द, कारोबार ठप्पप्राय,

कोरोना भाइरसको दोस्रो लहरसँगै यसको प्रभाव बैंक तथा वित्तीय क्षेत्रमा पनि परेको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब एक महिनादेखि देशैभरका जिल्लाहरूमा निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी रहे पनि संक्रमणदर बढ्दै गएको भन्दै विभिन्न जिल्लाहरुमा निषेधाज्ञा थप गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहेका छन् । कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको असर वित्तीय प्रणालीमा पनि देखिन थालेको छ । कोभिडको दोस्रो लहरमा अहिले नेपालमा पहिलो पटक बैंक वित्तमा सबैभन्दा कम शाखा संचालनमा छन् । यस अघिको लकडाउनमा यी भन्दा केही बढी शाखा संचालनमा थिए । अहिले उत्यकामा ३ जिल्ला गरेर हरेक वाणिज्य बैंकका जम्मा ६ वटा शाखा संचालनमा छन् ।

महामारीको प्रभाव परेसँगै पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह त्यति धेरै नघटे पनि नयाँ कर्जाको माग प्रभावित हुन थालेको छ । निषेधाज्ञाका कारण उद्योग व्यवसाय बन्द रहेका र संक्रमण जोखिम बढ्दै गएकाले व्यवसायीहरुले नयाँ क्षेत्रमा लगानी गर्न छाडेको तथा लगानीकर्ताले दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव आँकलन गरेर बसेकाले अन्य समय जस्तो नयाँ कर्जा माग आउन छाडेको बैंकहरू बताउँछन् ।

बैंकवित्तका अधिकांश शाखा बन्द

कोरोनाका कारण देशका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुका अधिकांश शाखा बन्द रहेका छन् । काठमाडौं उपत्यकामा भने जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । त्यसैगरी बीमा, सार्वजनिक संस्था सस्थान, अत्यावश्यक बाहेकका कार्यालय बन्द भएको अवस्था छ ।

काठमाडौं उपत्यका बाहेकका जिल्लामा सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले दिएको आदेशको परिधिभित्र रहेर बैंकिङ सेवा सुचारु रहेको नेपाल राष्ट्रिय बैंकका प्रवक्ता देवकुमार ढकाल बताउनुहुन्छ । केहि जिल्लामा भने निषेधाज्ञामा बैंक, वित्तीय संस्था ठप्प रहेको उहाँको भनाइ छ । कोरोना महामारीका कारण बैंकिङ सुस्तता आएको छ । बैंकमा निश्चित संख्यामा कर्मचारी राखेर सेवा सुचारु गर्दा सुस्तता आएको हो । काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्थामा २० प्रतिशत मात्र कर्मचारी राखेर सेवा दिन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएका छन् ।

कामविहीन कर्मचारी
अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी कटौती गरेको अवस्था छ । सुचारु भएका शाखाले पनि निश्चित कर्मचारी राखेर सेवा दिँदा बैंक, वित्तीय क्षेत्रका कर्मचारीहरु अहिले काम विहीन भएका छन् । काठमाडौं उपत्यकाका हकमा भने २० प्रतिशत मात्रै राखेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको अवस्था छ ।

कोरोनाका कारण गत वर्षमा पनि कर्मचारीहरु कतौटी गर्ने, कर्मचारीहरुलाई बेतलबी घर बसाल्ने र तलब काट्नेलगायतका समस्याहरु देखा परेका थिए । यो समस्या अहिले पनि देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा करिब ७० हजार कर्मचारी छन् । ती विभिन्न शाखाहरुमा बैंक करारका कर्मचारी पनि राखेको हुन्छ । त्यसको संख्या साढे ३ हजार छ । त्यससँगै अन्य आउट सोर्सिङका कर्मचारी पनि राखेको हुन्छ । एक बैंकले न्युनतम ३/४ जना जति आउट सोर्सिङका कामदार पनि राखेको हुन्छ ।

निक्षेप बाहिरिने क्रम बढ्यो

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण बैंकहरुबाट निक्षेप बाहिरिने क्रम बढेको छ । बन्दाबन्दीका कारण बैंकहरुका अधिकांश शाखा बन्द रहेका छन् । बैंकहरुले आलोपालो गरेर सीमित शाखाबाट सेवा प्रदान गरिरहेको अवस्थामा बैंकहरुमा निक्षेप राख्न जाने ग्राहकको कमी आउँदा बैंकहरुको निक्षेप थपिन सकेको छैन् भने दैनिक उपभोगका लागि ग्राहकहरुले पैसा झिक्ने क्रम भने जारी नै रहेकाले बैंकहरुको निक्षेप घटेको हो । निक्षेप जम्मा गर्न त्यति सहज नभएपनि बैंकहरुका प्रायजसो एटिएम संचालनमा रहेकाले रकम निकाल्न भने सहज नै छ ।
साथै बैंकहरुले सीमित शाखाबाट मात्र सेवा दिइरहेकाले पनि बैंकहरुमा निक्षेप नआएको हो । अर्कातर्फ केन्द्रिय बैंकहले ५० हजार भन्दा कम रकम निक्षेप राख्न बैंक नजान आग्रह गरेकाले पनि सानो सानो निक्षेप थपिन नपाएको हो । लकडाउनको तयारी हुदै गर्दाका सुरुवाति दिनमा कर्जा बढेपनि लकडाउनको अनिश्चितताले पुन कर्जा विस्तारको क्रममा गिरावट आएको छ ।

५ अर्ब निक्षेप घट्यो

चालु आर्थिक वर्षको जेठ महिनाको दोस्रो सातामा वाणिज्य बैंकहरुको ५ अर्ब निक्षेप घटेको छ । यस अवधिमा ९ अर्ब कर्जा प्रवाह गरेका छन् । जेठको पहिलो साता वाणिज्य बैंकहरुले ६ अर्ब निक्षेप संकलन गर्दा ६ अर्ब नै कर्जा प्रवाह गरेका थिए । जेठ दुई साता अर्थात १४ गतेसम्म बैंकहरुमा एक अर्ब निक्षेप बढेको छ भने १५ अर्बले कर्जा विस्तार भएको छ । नेपाल बैंकर्स संघका अनुसार जेठ १४ गतेसम्ममा वाणिज्य बैंकहरुमा ३९ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप छ । यसअवधिमा बैंकहरुले कुल ३६ खर्ब २६ अर्ब कर्जा परिचालन गरेका छन् ।

4530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका