जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • निषेधाज्ञामा पनि बैंकहरुले ४० अर्ब रुपैयाँले व्यापार बढाए, वर्षभरी ७३१ अर्ब रुपैयाँ ऋण लगानी

निषेधाज्ञामा पनि बैंकहरुले ४० अर्ब रुपैयाँले व्यापार बढाए, वर्षभरी ७३१ अर्ब रुपैयाँ ऋण लगानी

निषेधाज्ञायता वाणिज्य बैंकहरुको निक्षेप ४६ अर्बले बढेको छ। निषेधाज्ञामै पनि बैंकहरुले ४० अर्ब रुपैयाँले व्यापार बढाएका छन्।

वैशाख १६ गतेबाट काठमाडौं उपत्यकालगायत करिब ७५ जिल्लामा निषेधाज्ञा छ। निषेधाज्ञापछि मालपोतलगायतका कार्यालय सबै बन्द छन्। बैंकहरुले पनि काउन्टर बाहेक खोलेका छैनन्। तर, वैदेशिक व्यापारसँग सम्बन्धित ऋण भने रोकिएको छैन।

एक सातामै ऋण ८ अर्बले बढेको छ। निक्षेप भने १२ अर्ब रुपैयाँले बढेको छ। जेठ महिनामा मात्र ऋण १८ अर्ब रुपैयाँले बढेको छ। यो जेठ २१ गतेसम्मको तथ्यांकमा आधारित हो।

बैंकहरुले चालु आर्थिक वर्ष ४ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप उठाएका छन्। तर ऋण भने ७ खर्ब ३१ अर्ब रुपैयाँ दिएका छन्। अहिले बैंकहरुसँग कुल निक्षेप ३९ खर्ब ४८ अर्ब रुपैयाँ छ भने ऋण ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।

5070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?