जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकका ग्राहकले ॐ हस्पिटलको सेवामा छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकले ॐ हस्पिटलको सेवामा छुट पाउने

नेपाल एसबिआई बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच ग्राहकहरुलाई अस्पतालको सेवा सूविधामा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनूसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु तथा योनो नेपाल एसबिआई मोबाइल एप प्रयोगकर्ताले बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमूख कार्यकारी अधिकृत यम बहादूर महतले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सेवा सम्झौता हस्ताक्षर समारोहमा बैंकका प्रमूख संचालन अधिकृत यादवेंद्र कांत साथै बैंक तथा हस्पि६लका वरिष्ठ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यस बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

1070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका