जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

माछापुच्छ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत चाँगुनारायण ०३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई बीस थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ ।

बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामानहरु हस्तान्तरण गर्नु भएको थियो ।

मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समुहका वृद्ध देखि बालबालिका, शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई उद्धार गरि उनीहरुको संरक्षण गर्दै आएको छ ।

मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जना भन्दा बढीलाई गाँस, बास ,कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । विभिन्न संघ संस्था एंव व्यक्तिहररुले स्वेच्छिक रुपमा प्रदान गर्दै आएको सहयोगबाट संचालन भईरहेको मानव कल्याण समाजलाइ बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको हो ।

6020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?