जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • प्रुडेन्सियलको स्थगित एजिएम असार ६ गते

प्रुडेन्सियलको स्थगित एजिएम असार ६ गते

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको स्थगित साधारणसभा असार ६ गते हुने भएको छ । कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा आह्वान गरेको साधारण सभा निषेधाज्ञाको कारण अर्को सुचना जारी नभएसम्मको लागिस्थगित गरेको थियो सोही सभा अब असार ६ गते सोहि स्थानमा हुने जनाएको छ । उक्त सभा सिमराको होटेल इच्छामा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने भएको छ । साथै कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ ।

6795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका